पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप

16.9K
shares
Nabil bank

 

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पुर्जामाथि पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । द न्यूयोर्क टाइम्ससँगको कुराकानीमा पूर्वमिस फिनल्यान्ड हिन्स्टाले आफूलाई काठमाडौंको एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको जनाएकी छिन् ।हिन्स्टाले आफ्नो पुस्तकमा पुर्जाको नाम उल्लेख नगरी आफ्नो सहमतिबिना एक व्यक्तिले चुम्बन गरेको उल्लेख गरेकी थिइन् । तर न्युयोर्क टाइम्सको कुराकानीमा भने ती व्यक्ति पुर्जा रहेको हिन्स्टाले बताएकी उल्लेख छ ।

पुर्जाले कफी पिउन लैजाने भनेर कोठासम्म लिएर गएको र जबरजस्ती चुम्बन गरेको र गोप्य अंगमा हातपात गरेको हिन्स्टाले टाइम्ससँग बताएकी छिन् । यस विषयमा पुर्जाले भने प्रतिक्रिया दिन नचाहेको पनि न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । निम्स नामले चिनिने पुर्जामाथि सन् २०२१ मा नेटफ्ल्क्सिले ’14 पिक्स : नोथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री समेत बनाएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x