अमेरिकाले सन्दीप र नेपालीको मात्र नभएर सिंगो देशको अपमान गर्यो:ज्ञानेन्द्र शाही

14.7K
shares
Nabil bank

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाले भिसा नदिएकोमा संसद मौन देखिएको भन्दै आपत्ति जनाएका छन्।

 

 

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अमेरिकाले सन्दीप र नेपालीको मात्र नभएर सिंगो देशको अपमान गरेको उल्लेख गरेका छन्।

 

‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन । यसबारे सम्पूर्ण संसद् मौन देख्छु । संसारमा नेपाललाई कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन । सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथि भएको अपमान हो’, उनले भने ।

 

 

उनले पञ्चशीलको सिद्धान्तविपरीत अमेरिकाले आन्तरिक मामलामा चासो दिएको पनि उल्लेख गरे। उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेको अवस्थामा अमेरिकाले सन्दीपलाई भिसा अस्वीकृत गर्नु पञ्चशीलको सिद्धान्तविपरीत हुने बताए।

 

‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन। आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ। परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले भने ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x