नेप्से झिनो अंकले बढेर बन्द
वि.सं.२०८१ जेठ २२ मंगलवार
shares
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ६.२२ अंकले बढेर दुई हजार ८५ दशमलब ३० विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १२५ वटाको बढेको छ भने ११४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४४६.५० रुपैयाँ पुगेको छ । यसका साथै आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य पनि ८ प्रतिशतले बढेको छ ।
आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.५१ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
वि.सं.२०८१ जेठ २२ मंगलवार १८:२९