घट्यो सुनको मूल्य प्रतितोला कति छ हेर्नुहोस्
वि.सं.२०८१ जेठ २३ बुधवार
1.4K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज पाँच रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।




























