सहकारीका पिडितले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई कालो झण्डा र ब्यानर देखाए

वि.सं.२०८१ जेठ २३ बुधवार
1.2K
shares
shares

पोखरा । सहकारीका बचतकर्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा कालो झण्डा र ब्यानर देखाएका छन् ।
बुधबार पोखरा सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका बचतकर्ताले कालो झण्डा र ब्यानर देखाएका हुन् । त्यसक्रममा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो । कालो झण्डा र ब्यानर देखाएका केहीलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले केहीलाई लात्ती हानेको साथै दुईजना घाइते र ११ जनालाई नियन्त्रणमा लिइएको सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । ७८ वर्षीय भीमप्रसाद चपाईँ र अनुराधा श्रेष्ठ घाइते भएको उनको भनाइ छ ।