सन्दीपले देशको प्रतिनिधित्व गरेर विश्वकप खेल्न पाउनुपर्थ्यो:विश्व प्रकाश शर्मा

22.4K
shares
Nabil bank

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विश्वकप खेल्न जान क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएको विषयलाई सदनमा उठाएको छ।

 

महामन्त्री विश्वप्रकाश शर्माले भिसा प्रकृियामा कहाँ कमजोरी रह्यो भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘नेपाली क्रिकेट टिम विश्वकपको मैदानमा छ। हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रन हुन्न हामी कयौँले भन्यौँ, तर अदालतले निर्दोष साबित गरिसकेपछि सन्दीप लामिछाने अहिले हाम्रो देशको प्रतिनिधित्व गरेर विश्वकप खेलिरहेको हुनुपर्थ्यो। आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो। यसमा कमजोरी कहाँ रह्यो। किन कमजोरी भयो ? खेलकुद, परराष्ट्र र सरकारलाई यसबारेमा ध्यानाकर्षण गराउँछु।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x