कर्मचारीहरुको हाजिरीमा सतर्कता केन्द्रले लगायो रातो

17K
shares
Nabil bank

काठमाडौं।सरकारी कर्मचारी हाजिरी स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने गरेको पाइएको छ। केही कर्मचारी भने एकदुई दिनअघि नै हाजिर गरेर घर बस्ने गरेका छन्।

 

राष्ट्रिय सतर्कता केन्द्रले वैशाख २४ देखि जेठ ४ सम्म अनुसन्धान अधिकृत बुद्धि खनालको संयोजकत्वमा एउटा टोली बनाएर बागमती प्रदेशका चितवन र सिन्धुली तथा मधेस प्रदेशका पर्सा, बारा, रौतहट र धनुषाका विभिन्न कार्यालयमा छड्के अनुगमन गरिएको थियो। अनुमगनका क्रममा सतर्कताका कर्मचारीहरू ती दुई प्रदेशका २९ वटा सरकारी कार्यालयमै पुगेका थिए।

 

छड्केपछि सतर्कताले एउटा रिपोर्ट तयार गरेको छ। छड्केमा ४०१ कर्मचारी बिदा स्वीकृति नगरी कार्यालय समयमा कार्यालयमा अनुपस्थिति भेटिएको निष्कर्ष रिपोर्टको छ। ‘यो भनेको हामीले छड्के गरेका कार्यालयहरूमा आधाभन्दा बढी कर्मचारी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुने गरेको अवस्था हो,’ खनालले भने, ‘विशेष गरी मधेस प्रदेशका विभिन्न कार्यालयमा चरम बेथिति देखियो। केही कर्मचारीले भने एक दुई दिनअघि नै हाजिरी गरेर घर बस्ने गरेको समेत पाइयो।’

 

सतर्कताको रातो घेरामै हाजिरी

 

सतर्कताको टोली वैशाख २५ गते मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयमा पुगेको थियो। त्यतिबेला स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादव कार्यालय समयमा अनुपस्थिति थिए।

 

सतर्कताका कर्मचारीहरूले यादवको हाजिरी रजिस्टरमा उक्त दिनमा रातो घेरा लगाइदिए। त्यसको भोलिपल्ट यादव कार्यालय पुगे। तर उनले सतर्कताले लगाएको रातो घेरालाई अटेरी गरी घेरामाथि आफ्नो हाजिरी गरे। यसको जानकारी सतर्कताको टोलीले पाइसकेको छ।

 

यसैगरी बाराको गढीमाई नगरपालिकामा सतर्कताको टोली पुगेको बेला त्यहाँका प्रशासन प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसहित ३७ कर्मचारीहरू कार्यालय समयमा कार्यालयमा अनुपस्थित थिए। टोली पुग्दा नगरपालिका पुग्दा कार्यालयका सबै कोठा सुनसान थिए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x