विद्यार्थीहरूलाई साङ्ग्रिला डेभलपमेन्ट बैंकले दियो झोला

वि.सं.२०८१ जेठ २६ शनिवार
846
shares
shares

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडाैंस्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कूले झोला वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूलाई १५० थान स्कुल झोला दिएको हो ।
त्यस्तै, बैंकले ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको छ । सो झोला वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरू, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।