प्रधानमन्त्री प्रचण्ड आफै सहकारी पिडित

1.5K
shares
Nabil bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् ।सहकारी केन्द्र नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै प्राधिकरण बनाएर अघि बढ्ने बताए । प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरू हुने उनको भनाइ छ । प्रधानमन्त्रीले आफू पनि सहकारी पीडित भएको बताए ।

 

सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यससम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्रीले सुनाए ।

 

 

सहकारीलाई त्यसको मुलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाईसकेपछि विकृति देखिएको उनको तर्क छ ।

 

प्रधानमन्त्रीले भने, ‘सम्बन्धित मन्त्रालय, मन्त्री, मन्त्रालयका सचिवसमेतलाई राखेर अब यसलाई प्राधिकरण बनाएर सशक्त रूपले लैजानुको विकल्प छैन भन्ने ठाउँसम्म ल्याइपुर्‍याइएको छ ।

 

बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाईभ गर्न सकिन्छ । हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरुले सताएका छैनन् ।’

 

प्रधानमन्त्री दाहालले पुँजीवादी विकृतिले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा अघि बढ्न नदिएको जिकिर पनि गरे ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited