सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न जाने
वि.सं.२०८१ जेठ २८ सोमवार
768
shares
shares
काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने टी-२० विश्वकपमा वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो ।
प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरू अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।
आइसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धछको दुई खेलमा उनी सहभागी हुने क्यानले जनाएको छ ।
वि.सं.२०८१ जेठ २८ सोमवार ०८:०८