क्यानका सदस्यले अराजकता फैलाउन खोजे: पारस खड्का

16.4K
shares
Nabil bank

 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आधारहीन वक्तव्यहरूमार्फत आफूहरूलाई बदनाम गराउन खोजिएको गुनासो गरेका छन् । यस्तो कार्यमा क्यानकै केही सदस्य संलग्न रहेको भन्दै उनीहरुविरुद्ध कानूनी उपचार खोजिने पारसको भनाइ छ ।

 

 

क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा नपाएको सन्दर्भमा एउटा कोणबाट क्यानविरुद्ध आक्रमण भइरहेको थियो । क्यानका केही सदस्य र केही खेल पत्रकारले सन्दीपको भिसाका लागि उचित पहल नगरेको भन्दै अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्कालाई आरोपित गर्ने प्रयास गरेका थिए । आज सन्दीप वेस्ट इन्डिज पुगे लगत्तै पारसले यस विषयमा मुख खोलेका हुन् ।

 

नेपाल क्रिकेटको अभिभावकीय संस्थाका रूपमा क्यानले समग्र नेपाली क्रिकेट र खेलाडीहरूको पक्षमा काम गर्दै आएको उनको भनाइ छ ।

 

 

पछिल्लो ९ महिनायता नेपाल क्रिकेटभित्र भएका केही सराहनीय कार्यको फलस्वरुप सिंगो क्यान वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढिरहेको पारसले दाबी गरेका छन् ।

 

उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘यद्यपि यी सबैकाबीच, संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघभित्रका केही सदस्यहरूले हर सम्भव प्रयास गरिरहनु भएको कार्य आफैँमा दुखद हो ।’

 

नेपाल क्रिकेट संघको गरिमालाई थप उचाइमा पुर्‍याउनु आफ्नो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको पारसले बताएका छन् ।

 

‘यसै सपनालाई साकार पार्न संस्थागत रूपबाट केही गरौँ भन्ने सोचका साथ खेलाडी जीवनबाट संन्यास लिँदै नेपाल क्रिकेट संघको जिम्मेवारीपूर्वक काम गर्न पाउनु मेरो लागि सबैभन्दा ठुलो अवसर समेत ठानेको छु,’ उनी भन्छन्, ‘यस बिचमा मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिन सहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ ।’

 

साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन उनले अनुरोध गरेका छन् ।

 

हेर्नुस् पारसको स्टाटस :

https://www.facebook.com/share/p/9iPNSZBFZEJubTPZ/?mibextid=oFDknkhttps://www.facebook.com/share/p/9iPNSZBFZEJubTPZ/?mibextid=qi2Omg

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x