प्रचण्ड-ओलीबीचको भेटवार्ता, यस्तो भयो छलफल र सहमति

31.8K
shares
Nabil bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

 

 

प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्र्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला उनीहरुबीच बुधबार अपरान्ह सिंहदरबारमा भेट भएको हो ।

 

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए । त्यसैगरी एमाले सांसदहरुले प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन पनि एमालेका सांसदहरुले माग गर्दै आएका छन् ।

 

 

भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै ओलीले भने, ‘भेट राम्रो भयो ।’

 

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी, नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला सत्तारुढ प्रमुख घटक एमाले र नेकपा .माओवादी केन्द्र)को शिर्ष नेताद्वय दाहाल र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x