आज प्राइम बैंकको १२ लाख ४१ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन
वि.सं.२०८१ जेठ ३१ बिहीवार
1.1K
shares
shares
काठमाडौं । प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९जेठ ३१ गते० अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । बैंकले जेठ २५ गतेदेखि यो सेयर लिलामीमा ल्याएको हो ।


























