कुमारी बैंकको १ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
वि.सं.२०८१ जेठ ३१ बिहीवार
1.1K
shares
shares
काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ ३१ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।



























