प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता, काग्रेसको गठबन्धन के हुन्छ…

2.1K
shares

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। बदलिँदो राजनीतिक परिस्थिति र बहुमत गुमेको पृष्ठभूमिमा राजीनामा नगरी सदनमा विश्वासको मत खोज्ने विकल्प रोजेका प्रचण्ड र नेपाली कांग्रेसका प्रभावशाली नेता कोइरालाबीच शनिबार बिहान भएको भेटलाई राजनीतिमा महत्त्वका साथ हेरिएको छ।

 

कोइरालाले भेटघाटको पुष्टि गरे तर यसलाई एउटा स्वाभाविक भेटघाटका रूपमा मात्रै लिन आग्रह गरे। सिधै राजीनामा नगरी सदनमा विश्वाशको मत लिने प्रचण्डको कदमलाई उनी आफ्नो पराजयपछि संविधानको धार ७६ (३) अन्तर्गतअर्थात् सवैभन्दा ठूलो दलको नेताको रूपमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनोस् भन्ने चाहना उनको रहेको प्रचण्ड निकट स्रोत बताउँछ।

civil hospital
Hams Hospitals