मौद्रिक नीति सञ्जीवनी बुटी बनोस्: अध्यक्ष ढकाल
वि.सं.२०८१ असार २६ बुधवार
shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी मौद्रिक नीति निजीले निजी क्षेत्रको माग समेट्नुपर्ने बताएका छन् । महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ’बजार चलायमान छैन। उद्योग क्षमताअनुसार चल्न सकेको छैन। कर्जा लक्ष्यअनुसार विस्तार भएको छैन। मौद्रिक नीति बैंक तथा वित्तीय संस्थासँगै व्यवसायीलाई पनि बचाउने गरी आउनुपर्छ। मौद्रिक नीति सञ्जीवनी बुटी बनोस्। आगामी मौद्रिक नीति थप लचिलो बनोस्,’ उनले भने।
कुनै पनि देशको विदेशी मुद्रा सञ्चिति बढी हुनु देशको लागि राम्रो नभएको उनले बताए। अहिले नेपालको विदेशी मुद्रा सञ्चिति बढे पनि उपयोगबारे उचित नीति नबनेको उनको धारणा छ। विदेशी मुद्रालाई परिचालन गर्ने गरी वित्त नीतिले निजी क्षेत्रका माग मौद्रिक नीतिले समेट्नुपर्नेमा उनले जोड दिए।
’निक्षेपको ब्याजदर घटे पनि कर्जाको माग बढाउन ब्याजदर अझै घट्नुपर्छ। पर्यटन सहज र सुलभ हुनुपर्छ। नगद प्रवाहमा भएको समस्याले उद्योगको उत्पादन क्षमता घटेको छ,’ उनले। अहिलेको अवस्थामा समस्या परेर बन्द भएका उद्योगलाई कर्जा चुक्तामा सहजीकरण गर्नु पर्ने र कर्जा चुक्ता गरे पनि लामो समयसम्म कालोसूचीमा रहने व्यवस्था हटाइनु उनले बताए।