धार्मिक–आध्यात्मिक एवं नैतिक चिन्तनका धरोहर आदिकवि भानुभक्त

34.2K
shares
Nabil bank

 

बिषय सन्दर्भ

मानव समाजको सबैभन्दा सुन्दर अनि महत्त्वपूर्ण अन्वेषण नै भाषा हो। यही भाषाको माध्यमद्वारा मान्छे आफूलाई अभिव्यक्त गर्न, अरूसित विचारको आदानप्रदान गर्न, अनि विश्वका विभिन्न विषयबारे जान्न सक्षम हुन्छ। दुई हजार वर्षअघि प्राचीन ग्रीसेली विद्वान्–हरूले भाषाको अध्ययन गर्न थालिसकेको पाइन्छ। नेपाली भाषाले आफ्नो विकास यात्रा थालेको लगभग एक हजार वर्ष मात्रै हुँदैछ।यद्यपि आज नेपाली भाषा विश्व भाषाको रूपमा चिनिन्छ। सारा विश्वमा छरिएर बसेका नेपाली मनलाई एक सूत्रमा बाँध्ने शक्ति यदि छ भने त्यो नेपाली भाषामा छ। नेपाली भाषा नेपाली मनको आत्मा हो।यही भाषामा लेखिएको साहित्यले आज विश्वभरिका नेपाली समुदायलाई एकाअर्कामा जोडेर राखेको छ।

आज असार २९ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती मनाइदैे छ। भानुभक्त आचार्य एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ। भानु जयन्ती मनाउने प्रचलन धेरै अघिदेखिको हो। नेपाली भाषा, साहित्य, संस्कृतिको क्षेत्र नेपाली वसोवास गर्दै आएका ठाउँ भारतमा–सिक्किम, दार्जिलिङ, कालिम्पोङ, मेघालय, सिलाङ, गुहाटी, कलकत्ता, मणिपुर, नागाल्याण्ड, मुम्मइ, देहरादून, बनारस आदि तथा विदेशमा– वर्मा, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, इङल्याण्ड, अमेरिका, अष्ट्रेलिया आदि देशमास्थानहरुमा भानु जयन्ति धुमधामसँग मनाइने गरिन्छ ।

भानुभक्तको जीवनी 

भानुभक्तको जन्म विक्रम सम्वत १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो। उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा आई बसाइँ सरेको पाइन्छ । उनलाई आफ्नो हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिक्षा दिएका थिए। उनका बुबा धनञ्जय राणा शासन कालमा सरकारी जागिरे रहेका थिए । भानुभक्तको हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला जस्ता पुस्तकहरू संग्रहित गरेका थिए।

भानुभक्तको नक्षत्रको नाम देवीभक्त आचार्य थियो । भानुभक्तका पिता धनञ्जयले १२ वर्षसम्म सूर्यको व्रत लिई जन्मिएका हुनाले उनको नाम भानुभक्त राखिएको हो भनिन्छ । धार्मिक, आध्यात्मिक चेत एवं प्रशस्त जग्गाजमिन भएका जमिन्दार परिवारमा जन्मेका भानुभक्तको आर्थिक तथा सामाजिक स्थिति राम्रो थियो । भानुभक्त विलक्षण प्रतिभा भएका व्यक्ति थिए । उनले हजुरबुबाको संरक्षणमा सानैमा चण्डी, रुद्री, अमरकोश, लघुकौमुदी, वेद आदि संस्कृत शिक्षा प्राप्त गरेका थिए ।

उनकी पहिली श्रीमती चन्द्रकान्तादेवीको १८ महिनामै मृत्यु भएकाले दोस्री चन्द्रकलादेवीबाट रमानाथ र शिवशङ्कर २ छोरा र लक्ष्मी एक छोरी जन्मिएका थिए । बाजे श्रीकृष्ण आचार्य कासी कल्पवासमा जाँदा भानुभक्त पनि सँगै गएका हुनाले त्यहाँ ५–६ वर्ष रहँदा यिनले विद्वत्मण्डलीसँग सत्सङ र विद्या आर्जन गर्ने मौका पाएका थिए ।

धार्मिक–आध्यात्मिक एवं नैतिक चिन्तनका परिपोषक 

धार्मिक–आध्यात्मिक एवं नैतिक चिन्तनका धरोहर भानुभक्तले आफ्ना सिर्जनामार्फत् नेपाली भाषाका मर्यादाको प्रतिष्ठापन गर्नुका साथै नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न महत्त्वपूर्ण योगदान पु¥याएका छन् । उनको सिर्जनात्मक लोकप्रियताले विश्वभर छरिएका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने काम गरेको छ । उनका सिर्जनाबाट नेपाली भाषाको उन्नयन, प्रवद्र्धन भई नेपाली राष्ट्रियतालाई बलियो बनाउन सर्वोपरि योगदान पुगेको छ । उनले घाँसीसँगको कुराकानीपछि यस्तो कविता रचेका थिए ।

भर् जन्म घाँसतिर मन् दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

मो भानुभक्त धनी भैकन किन यस्तो ।

यही बेलामा आफ्नै घरमा हजुरबाले पढ्ने गरेको संस्कृतका आदिकवि वाल्मीकिले लेखेको अध्यात्म रामायण देखेर यसलाई नेपालीमा उल्था गर्न मन लागेर नेपालीमा लेख्दा धेरैले बुझ्न सक्ने उनलाई लागेछ । भानुभक्तले यही किताबलाई नेपालीमा लेख्न थाले।

भानुभक्तले आफूले सुने–भोगेको अपराधलाई प्रहार गर्ने अस्त्रका रुपमा आध्यात्मिक दर्शन र साहित्य तथा आफ्नो मातृभाषालाई माध्यमको रुपमा अपनाउने दृढ सङ्कल्प गरेर सर्वप्रथम वि.सं. १८९८ मा रामायण बालकाण्डको भाषानुवाद लेखन अभ्यासमा कलम चलाए। वि.सं. १९०१ मा गजाधर सोतीको घरमा वास नपाउँदा शास्त्रीय रुपमा नै प्रहार नगरी रहन सकेनन्। यसरी नै वि.सं. १९०६ मा काठमाडौं –कान्तिपुर) जाँदा सहरको मुखमा पर्ने वालाजु वर्णय र कान्तिपुरका युवतीहरूको आकर्षणले भानुभक्तको आँशुकविले कलम चलाउन उत्प्रेरित गरेको पाइन्छ। छन्द र लयात्मक रुपमा लेखिएको उक्त कविताभित्र भानुभक्तले शृङ्गार रसको अत्यन्त सुन्दर चित्रण गरेका छन्ः

चपला अवलाहरु एक सुरमा,

‘गुनकेसरीको फुल ली शिरमा

हिंडन्या सखी लीकन वरिपरी,

अदालतप्रतिको सजीव चित्रण 

यसरी समय सापेक्षरुपमा रचना गरिएका भानुभक्तका अन्य कविता– बधुशिक्षा, मकै खाजा खाँदा, बन्दुक मनपरेकोमा, कारागारमा बस्दाको अनुभव तथा मुद्दामा पोखराका अदालतमा धाउँदाको वर्णनसमेत हृदयस्पर्शी देखिन्छ। यो तत्कालीन न्याय नगर्ने अदालतप्रतिको सजीव चित्रण होः

‘विन्ति डिट्ठा, विचारीसित कति म गरुँ चुपरहन्छन् नबोली

बोल्दछन् ता ख्याल गरžयाझैं अनिपछि दिनदिन भन्दछन् भोलिभोलि

कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि

भोलि–भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली

भानुभक्तका पिता धनञ्जय आचार्य जस्तै भानुभक्तले पनि पाल्पामा खरिदारको जागिर खाएका थिए आर्थिक अनियमितता गरेको अभियोगमा उनी पाँच महिनासम्म जेल पनि परेका थिए । जेलमा रहेको अवस्थामा उनले रामायणका चार काण्ड पूरा गरेका थिए । एउटा जमिनको झगडामा भानुभक्त न्याय निरुपणमा दिक्क भएका थिए र उनले त्यस विषयमा रचेको कविता यस्तो थियो–

नेपालको कर्मचारीतन्त्र र अत्यन्त ढिलो न्याय निरुपण प्रणालीले आज पनि अर्थ तथा महत्व राख्दछ । यो त त्यतिबेलैदेखि सुधार नभएको विषय रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । उनले काव्यात्मक शैलीमा त्यो समाजको राम्रो चित्रण गरेका छन् । विचार पक्षलाई थाती राखेर मूल्याङ्कन गर्ने हो भने भानुभक्त सिर्जना, काव्यशीलता, विद्वता र प्रखरताका हिसाबले उनी सामान्य थिएनन् ।

अध्यात्म रामायण, प्रश्नोत्तर र भक्तमालाको प्रकाशन

रामायणका अनेक प्रकारहरूमध्ये अध्यात्म रामायण एउटा हो। वाल्मीकि रामायणबाहेक ख्यातिप्राप्त अन्य रामायणहरूमा अध्यात्म रामायणले अझ धेर प्रसिद्धि पाएको छ। कवि भानुले आफ्नो लगभग छतीस वर्ष लामो काव्य–सृजन कालमा रामायण, भक्तमाला, प्रश्नोत्तरमाला र वधूशिक्षा गरी जम्मा चारवटा लामा र उनन्चालीसवटा स्फुट कविताहरूको रचना गरे। अध्यात्म रामायणको नेपालीमा पहिलोचोटि भावानुवाद गर्ने यिनलाई नेपाली साहित्यमा आदिकविको उपाधिले विभूषित गरिसकेको छ। कविले यो रामायण चयन गर्नाका कारण यसभित्रको राम कथाले सत्यको खोजी गर्दै सांसरिक जीवनका समस्या, कठिनाइ तथा दुःखबाट मान्छेलाई मुक्ति दिनु अनि सांसारिक र आध्यात्मिक जीवनलाई एकमुष्ट रूपमा सन्तुलित तुल्याइ जीवन बाँच्ने प्रेरणा दिनु हो।यसमा वर्णित विभिन्न चरित्रले प्रेम, सद्भावना, राम्रा, नराम्रा गुणहरू, विद्या–अविद्या, धर्म, काम र मोक्षका आधारभूत मूल्यको उपलब्धिबारे स्पष्टतः चित्रण गरेको पाइन्छ।

भानुभक्त आचार्य मूलतः रामभक्तिरसका आध्यात्मिक दार्शनिक कवि हुन् । उनका रामायणलगायतका काव्यमा आध्यात्मिक दार्शनिक चिन्तनयुक्त आदर्शको शिक्षा पाइन्छ ।उनका फुटकर कवितामा समाज सुधारको चेतना पाइन्छ । उनका कविता, काव्यहरूले तत्कालीन अवस्थामा भाषिक सामथ्र्य र काव्यात्मक उचाइ प्राप्त गरेकाले उनलाई आदिकवि भनिएको पाइन्छ । उनी नेपाली साहित्यका पहिलो कवि भने होइनन् । उनीभन्दा पहिले नै अरू कविहरू देखापरे पनि उनी काव्यात्मक अभिव्यक्तिका प्रथम ध्वनि भने अवश्य हुन् ।

वि.सं. १८९८ मा बालकाण्ड सुरु गरेका भानुभक्तले १९११ मा कुमारीचोक काण्डमा, पाँच महिना थुँनिदा अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्ध काण्ड र सुन्दरकाण्ड, लेखेका थिए। वि.सं. १९१५ मा युद्धकाण्ड र वि.सं. १९१९ मा उत्तरकाण्ड लेखी वि.सं. १९२५ मा सातकाण्ड रामायणको पाण्डुलिपि एक साथ लेखेका थिए।

भानुभक्तको रामायण व्यासद्वारा रचित अध्यात्म रामायणको भावानुवाद हो। लोकको हित गर्ने इच्छा भएका नारद ऋषिको उद्देश्य अनुसार ब्रह्माजीसँगको संवादमा उक्त रामायणको महत्व दर्शाइएको छ । लोक कल्याण गर्ने सरल उपायको खोजीमा पार्वतीले प्रश्न गर्ने र शिवजीले जवाफ दिने गरी भगवान श्रीराम नै यो संसारबाट पार लगाउने परमात्मा हुन् भन्ने पुष्टि गरिएको छ। अध्यात्म रामायण यसैको नेपाली भाषामा सरल भावानुवाद हो। भानुभक्तीय रामायणभित्र आत्मवोध गराउने व्यावहारिक सूत्रहरू छन्। श्रीराम, लक्ष्मणबीच भएको संवादको प्रतिफल वेदान्त दर्शनसँग सम्बन्धित ‘रामगीता रहेको छ। ‘

एक् दिन् नारद् सत्यलोक् पुगिगया लोक् को गरूँ हित् भनी ।

ब्रह्मा ताहिँ थिया प¥या चरणमा खुसी गराया पनी।।

क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै।

ब्रह्माको करुणा बुझेर ऋषिले विन्ति ग¥या यो तसै।। (बालकाण्ड)

 

शार्दूलविक्रीडित छन्दमा लेखिएको रामायणको यो पहिलो श्लोक नजान्ने कुनै नेपाली छैन। यो श्लोक नगुञ्जने कुनै नेपाली घर छैन। लोकको हित र लोककल्याण गर्नालाई जन्मेका कवि नेपाली आकासका शुक्रतारा हुन्। यदि भानु नहुँदो हो त नेपाली साहित्यमा रामायण जन्मने नै थिएन।

विद्वान् समालोचक ठाकुर पराजुली लेख्छन्– “रामायणले नेपालभित्रका नेपालीलाई मात्र होइन नेपालबाहिर छरिएका नेपाली जातिलाई पनि एकसूत्रमा उन्यो”।

प्रश्नोत्तरमालाभित्र मानव कर्तव्यवोध 

श्रीजगदगुरु शङ्कराचार्यद्वारा रचित मणिरत्नमालाको सोही छन्द अनुसार लेखिएको प्रश्नोत्तरमालाभित्र मानव कर्तव्यवोध सम्बन्धका प्रश्नोत्तर छन्।

कुन ज्ञान छ ठूलो भनी लिनु पर्न्या ?

वेदान्तको ज्ञान छ दुःख हर्न्या।

कुन हो धनी सब नरले कह्याको ?

सन्तोषमा जो छ खुसी रह्याको।

जन्म्यो कउन जन्मनु फेर नपर्न्या ?

मर्न्या कउन हो मरि फेर नमर्न्या।

कुन काम हो अति डराएर दूर सार्नु ?

लोकापवाद् छ घटिया कहिल्यै नधार्नू।

मोतिराम भट्ट र भानुको जीवन चरित्र

नेपाली भाषा साहित्यका बहुमुखी प्रतिभा मोतिराम भट्ट (१९२३–१९५३) हुन्। ३० वर्षका आयु पाएका उनले अध्ययन, लेखन, संगठन, कविता, गजल, जीवनी–लेखन, अनुवाद आदि विषयमा जग लगाएका थिए। कवि मोतीराम भट्टले भानुभक्तका कृतिहरूको खोज, अनुसन्धान गरी उनका काम र रचनाको प्रशंसा गर्दै उनलाई ‘आदिकविको उपाधि प्रदान गरेका हुन् । १९८१ मा आचार्यको जीवनी लेख्दा मोतिराम भट्टले उनलाई पहिलो पटक आदिकवि भनेर चिनाए। नेपालमा पहिलो कवि मात्र नभएर उनको कवितको मर्म र गहिराइ हेरेर उनलाई ‘आदिकविको उपाधि दिइएको पाइन्छ।

मोतिरामले नेपालमा ‘मोति मण्डली बनाउनका साथै अग्रणी कविको खोज गर्ने र नयाँ कविलाई प्रेरणा दिए। यसै सन्दर्भमा वि.सं. १९४८ मा उनले ‘भानुभक्तको जीवन चरित्र लेखेका थिए। उक्त जीवन चरित्रमा भट्टको भूमिका यस्तो रहेछ–‘भानुभक्त आचार्य सहज कवि थिए। धारा प्रवाह कविता लेख्न सक्थे। कविताको मर्मजानी भाषामा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्। यसरी सर्वप्रथम भानुभक्तलाई आदिकविको पगरी दिएर सम्मान गर्ने व्यक्ति मोतिराम भट्ट नै थिए।

भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने अनेक कला झिके । नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पु¥याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे । भानुलाई शिरमा बोकेर नै मोती पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न पहरा फोरे ।

भानुका नाममा रहेका संस्थाहरु

नेपाली भाषा नेपालभित्र पनि विविध भाषाभाषीबीचको माध्यम भाषा बनेको छ। विदेशमा रहेका नेपालीबीच पनि यही भाषा माध्यम भाषाको रुपमा छ। यसै कारणले गर्दा आदिकविको नामबाट स्वदेश र विदेशमा धेरै शिक्षण संस्था, पुस्तकालय, साहित्यिक संस्थाको नाम, सामाजिक संस्थाको नाम राखिएको पाइन्छ। तनहूँ बन्दिपुरमा भानु मावि छ। खैरेनीटारमा भानुभक्त क्याम्पस छ।

भानुका सालिकहरू

भानुभक्तको सालिक स्थापना गर्ने अभ्यास दर्जिलिङबाट सुरु भएको हो। १७ जुन १९४९ मा दार्जिलिङको चौराहमा नेपाली साहित्य सम्मेलन दार्जिलिङले यो अभियान सुरु गरेको थियो। दोस्रो शालिक भानु साहित्य अध्ययन समितिद्वारा सन् १९६७ मा कालिम्पोङ सहरमा स्थापना गरिएको थियो। वंगालको सिलगुडी सहरमा पनि भानुभक्तको आकर्षक शालिक छ। सिक्किमको राजधानी गान्तोकमा मुख्य मन्त्री पवनसिं चामलिङको अगुवाइमा पूर्ण कदको भानुको सालिक स्थापना गरिएको छ। नेपालमा दरबार स्कूलको गेटनेर २०१६ सालमा भानुभक्तको शालिक स्थापना गरिएको थियो। काठमाडौँमा भानुजयन्ती मनाउने ठाउँ त्यहीं थियो। पोखरामा वि.सं. २०७३ अषाढ २९ गते भानुजयन्तीका दिनमा भानुको पूर्ण कदको शालिक अनावरण गरिएको थियो ।

योगदान

१९५ वर्षअघि उदाएका नेपाली वाङमयका ज्योति भानुभक्त आचार्य रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन्।

जसरी पृथ्वीनारायण शाहले टुक्रिएको नेपाललाई एकीकरण गरेर विशाल राष्ट्र बनाए त्यसरी नै कवि भानुभक्तले छरिएर रहेको नेपाली भाषालाई एकीकरण गरे। साहित्यका माध्यमबाट लोकहित गर्दै सहज रूपमा समाज सुधारको सुरिलो स्वर सुसेल्दै आफ्ना भावना पस्किएका छन्। यसरी नेपाली भाषा साहित्यलाई साहित्यका माध्यमबाट समस्त जनताको हृदयलाई स्र्पर्श गरेका भानुभक्त आचार्यको देहान्त वि.सं.१९२५ मा भएको हो। उनी यस संसारमा नभए पनि नेपाली भाषाप्रति अगाध माया अपूर्व सेवा गरेबापत नेपाली साहित्य संसारले उनलाई कहिल्यै विसर्ने छैन। किनभने आधुनिक नेपाली भाषाको जति विकास भएको भए पनि सुरुमा नेपाली असर चिनाउने र नेपाली भाषाको बाणीमा पहिलो प्राण भर्ने गुरु भानुभक्त आचार्यको ऋणबाट नेपाल र नेपाली कहिल्यै मुक्त हुन सक्दैन।

यस्ता कवि भानुभक्तको १९२५ असोज ६ गते तनहुँको सेतीघाटमा ५४ वर्षको अल्पायुमा निधन भएको थियो । तर भानुभक्तकी नातिनी विष्णुमायादेवीबाटै मोतीरामलाई छोप्ने षड्यन्त्रको सुरुवात हुन थाल्यो । अनि त्यस कलामा आबद्ध हुन अरु आचार्यहरु पनि त्यति चुकेका देखिएनन् । भानुभक्तले ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । तर उनका हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर नेपाली साहित्यमा अमुल्य योगदान गरे।

नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए ।

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । अध्यात्म रामायण अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत “रामायण“लाई नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे । भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।

भानुभक्तले रामायणको बालकाण्ड समेत गरी ७ काण्ड, प्रश्नोत्तर लघुकाव्य, भक्तमाला, वधूशिक्षा र रामगीतानामक कृतिहरू नेपाली भाषासाहित्यमा योगदान गरे । उनका फुटकर कविताहरूले पनि नेपाली भाषासाहित्यमा महत्वपुर्ण योगदान गरेको पाइन्छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर पा¥यो । अनि त्यही रामायणले नेपाली भाषालाई समेत लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पा¥यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।

 

भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर रामायण उत्तर काण्डको ’ामगीताको नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई रामगीता टिपाएर नै छाडे । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ साल असोज ६ गते भानुभक्तले आफ्ना भौतिक आँखा चिम्ले । ५४ वर्ष मात्र बाँचेका भानुभक्तले नेपाली भाषा र साहित्यको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x