Banner ad for NADA AUTO SHOW -2026

नेप्से झिनो अंकले बढेर २४८८.०९ बिन्दुमा , कारोबार रकम घट्यो

1K
shares

काठमाडौं । सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो । कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन । ११ : १४ मा २४६४ अंकमा झरेको बजार ११ : २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । २ : २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन ।

 

अन्ततः बजार २४८८ अंकमा बन्द भयो, जुन अघिल्लो दिनको तुलनामा २.१५ अंक बढी हो । तीव्र उतारचढावका बीच बढेरै बजार बन्द भयो ।कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चियो । ११५ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रह्यो ।

 

बैंकिङ १७, विकास बैंक ३१, होटल तथा पर्यटन १४, माइक्रोफाइनान्स २८ र निर्जीवन बीमा समूह ८ अंक घटे । फाइनान्स २०, हाइड्रोपावर ५२, उत्पादन १६०, अन्य २६, व्यापार ६७ अंक बढे ।

 

प्रतिशतका आधारमा उत्पादन समूह सबैभन्दा धेरै २.१६ प्रतिशत बढ्यो भने बैंकिङ १.२३ प्रतिशत घट्यो । मुक्तिनाथ कृषि कम्पनीको १० प्रतिशत मूल्य बढ्यो ।नेपाल फाइनान्सको ८.६, छ्याङदी हाइड्रोपावरको ७.९ तथा बलेफी हाइड्रोको ६.८ प्रतिशत बढ्यो ।गणपति लघुवित्तको ९.९, सिक्लेस हाइड्रोपावरको ८.६, जनउत्थान सामुदायिक लघुवित्तको ३.९ प्रतिशत मूल्य घट्यो ।

 

रिइन्स्योरेन्स शिवम् सिमेन्ट कुमारी बैंक सीईडीबी हाइड्रोपावर र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमशः अगाडि देखिएका छन् ।

civil hospital
Hams Hospitals