प्राइम कमर्सियल बैंकको ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा

939
shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। इम्पेरमेन्ट चार्ज घटेको र खुद फि तथा कमिशन आम्दानी बढेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

 

यो अवधिमा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो वृद्धि अघिल्लो अवधिको तुलनामा २६७.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

 

यो अवधिमा बैकले खुद ब्याज आम्दानी १२.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत बढाएको छ। बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ। बैंकको चुक्तापुँजी १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ छ भने बैंकको निक्षेप २१.३६ प्रतिशत र कर्जा १८.५८ प्रतिशत बढेको छ।

civil hospital
Hams Hospitals