काभा वुमन्स नेसन्स भलिबल:आज भारत र नेपालबीच प्रतिस्पर्धा कस्ले मार्ला बाजी
वि.सं.२०८१ साउन २३ बुधवार
13.1K
shares
shares
काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । खेल ४:१५मा सुरु हुनेछ ।
मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद(साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।
Subscribe
0 Comments
Oldest
































