नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा ,१९ अर्ब ९५ करोडभन्दा बढीको कारोबार
वि.सं.२०८१ साउन २३ बुधवार
1.6K
shares
shares
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से १०८.३५ अंकले बढेर दुई हजार ७ सय ५९ दशमलब ६७ विन्दुमा बन्द भएको हो ।
आज नेप्सेमा १७ अर्ब ९५ करोड ९ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २३९ वटाको बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज एनआइसी एसिया डिभेञ्चरको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक अर्ब ५३ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।



























