विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री

1.5K
shares

काठमाण्डौ। चीनले विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री बनाएको छ। चिनियाँ कार निर्माता कम्पनी जीकरका अनुसार विश्वमै सबैभन्दा छिटो चार्ज हुने विद्युतीय सवारी साधन (ईभी) को ब्याट्री बनाएको दाबी गरेको छ। कम्पनीको नयाँ ईभीको ब्याट्री अमेरिकी कम्पनी टेस्लालगायतका प्रतिस्पर्धी कम्पनीको तुलनामा छिटो चार्ज हुने कम्पनीको भनाई छ।

 

अल्ट्रा फाष्ट चार्जिङको मद्दतले कम्पनीको अपग्रेडेड ब्याट्री साढे १० मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्ने बताइएको छ। १५ मिनेट चार्ज गर्दा मोडल थ्री कारको ब्याट्री १७५ माइल (२८२ किमि) सम्म गुड्ने अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लाले बताएको छ। यो भनेको कारको पूरा क्षमताको आधाभन्दा अलि कम हो।

 

जीकरको २०२५ ००७ सेडान कार आगामी हप्तादेखि विक्रीका लागि उपलब्ध हुँदै छ। नयाँ ब्याट्री जडान गरिएको यो कम्पनीको पहिलो कार हुनेछ। टेस्लाको चार्जिङ प्रविधि उद्योगमा अब ‘लिडिङ’ नरहेको बजार परामर्शदाता कम्पनी सिनो अटो इन्साइट्सका संस्थापक तथा प्रबन्ध निर्देशक तु ले भनेका छन्। -एजेन्सी

civil hospital
Hams Hospitals