घरजग्गा कारोबार देशभर ११.६४ % ले बढ्यो

13.7K
shares
Nabil bank

काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा देशभर ४३ हजार ८ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ। यो गत आर्थिक वर्ष सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ संख्यामा कारोबार भएको थियो।

 

कारोबार संख्या बढेसँगै राजस्व पनि बढेको छ। सरकारलाई साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।

 

गत वर्ष साउनको तुलनामा यो वर्ष साउनमा ३१.७७ प्रतिशतले राजस्व बढेको हो। गत साउनमा दुई अर्ब ९१ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x