आईएमई लाइफ इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृतमा अमात्य र पौडेल नियुक्त

12K
shares
Nabil bank

काठमाडौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी (ILI) ले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ। दिनेश अमात्यले साउन १ गते देखि र खिलेन्द्र पौडेलेले भदौ ५ गते देखि उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन्।

खिलेन्द्र पौडेल आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका हुन्। कम्पनीको उप प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनुअघि दिनेश अमात्य कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए।

 

 

जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ साल देखि २०७४ सम्म काम गरेका थिए। उनले सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइएमई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए।

 

अमात्य आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए। उप प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमाड्ढन, पुनर्बीमा, बीमाड्ढी मूल्याड्ढन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तिन दशक भन्दा लामो कार्य अनुभव रहेको छ। उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन्।

 

त्यस्तै, आईएमई लिमिटेडको स्थापना देखिनै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र पौडेल, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशिय कारोबारमा दख्खल राख्छन्। आईएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सलुसन्स लगायतका कम्पनीहरुमा पौडेल सञ्चालकको भुमिका निर्वाह गरिसकेका छन्।

 

त्रिभुवन विश्वविद्यालयबाट एमबिए (फाइनान्स) गरेका पौडेलले भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्याड्ढर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशिय लगानी व्यवस्थापनका विषयमा एक्जिक्युटिभ कोर्स (Executive Course) गरेका छन्। यसका साथै, पौडेलले अमेरिका स्थित हार्भड केनेडी स्कुलबाट पोलिसि डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स समेत गरेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x