बैंकहरूले अतिरिक्त पुँजी कोष राख्न नपर्ने

1.5K
shares

काठमाडौं । बैंकहरूले अतिरिक्त पुँजी कोष (काउन्टर साइक्लिकल बफर) राख्नु नपर्ने भएको छ। राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै पुँजी कोष राख्न नपर्ने व्यवस्था गरेको हो ।नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै २०८१ साउनदेखि लागू हुने गरी आव २०८१/८२ का लागि यस्तो बफर शून्य प्रतिशत रहने जनाएको छ। केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० को अन्त्यदेखि यो अतिरिक्त पुँजी कोषको लाग्ने व्यवस्था गरेको थियो ।

 

कुल गार्हस्थ्य उत्पादन (जिडिपी) र कर्जाको सम्बन्धको आधारमा यस्तो अतिरिक्त कोष राख्नुपर्ने व्यवस्था छ। केन्द्रीय बैंकले पुँजीकोष फ्रेमवर्क २०१५ अनुसार गत आर्थिक वर्षमा ०.५ प्रतिशत बफर क्यापिटल लगाएको थियो। यस्तो परिणाम वा दुरी ५ देखि १५ माथिसम्म देखिएमा सबै बैंकहरूले ०.५ देखि २.५ प्रतिशतसम्म थप पुँजी राख्नुपर्ने व्यवस्था गरेको छ । गत आर्थिक वर्षमा भने बैंकहरूलाई ०.५ प्रतिशत थप यस्तो पुँजी राख्नुपर्ने व्यवस्था गरेको थियो।

civil hospital
Hams Hospitals