घट्यो शेयर बजार, नेप्से २७ सय बिन्दुमुनि
वि.सं.२०८१ भदौ १६ आइतवार
957
shares
shares
काठमाडौं । गत साता २२४ दशमलव ८९ अंकले घटेको शेयर बजार यस साता पनि पहिलो कारोबार दिन नै ओरालो लागेको छ । आइतबार नेप्से ५३ दशमलव ६३ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २७०० बिन्दुभन्दा तल अर्थात् २६९५ दशमलव ९३ अंकमा झरेको छ ।
यसअघिको ३ हजार २०० विन्दुको ऐतिहासिक रेकर्ड नजिक पुगेको शेयर बजार पछिल्लो सातायता निरन्तर घट्दो क्रममा छ । आज सेन्सेटिभ इण्डेक्स ८ दशमलव ९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव ९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ६८ अंक घटेको छ ।
आज कारोबार कारोबारमा आएका २४४ कम्पनीमध्ये २०९ कम्पनीको शेयर मूल्य घटेको छ । ३१ कम्पनीको शेयर मूल्य बढेकोमा ४ कम्पनीको स्थिर छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । यस दिन १० अर्ब ५१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।



























