कुमारी बैंकले क्युआर कारोबारकै धितोमा कर्जा दिने
वि.सं.२०८१ भदौ १६ आइतवार
shares
काठमाडौं । कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिहेको छ । यस योजना अन्र्तगत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना व्यावसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तिमा दुई व्यावसायिक कारोबारहरु लगातार ४ हप्ता र मासिक कम्तिमा दशहजार रुपैया बराबरको कारोबार गरेको हुन पर्ने छ । उक्त बैंक खातामा हुदा उद्यमीहरुले दुईलाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिनानै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन् ।
यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फतनै गर्न सकिने भएकोले ब्यावसायिहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन् । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तिय संयन्त्रमा आर्कषित हुने तथा उनिहरुको उद्यमशिलता प्रर्वद्धनमा केहि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ सेवा दिइरहेको छ ।
वि.सं.२०८१ भदौ १६ आइतवार २२:३६