पर्यटन बोर्डको सीईओमा दीपकराज नियुक्त

891
shares
Shine resunga department bank

 

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् ।बोर्डको सञ्चालक समितिको बिहीबार बसेको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

जोशीले यसअघि पनि सीइओको रुपमा काम गरिसकेका छन् ।बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ जना उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओविहीन थियो

Sharestha treating