कर्मचारीलाई सेयर कारोबार गर्न बन्देज

705
shares

काठमाण्डौ । अब देशैभरीका सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा सेयर काराबोर गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रको व्यहोरा उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले सबै प्रदेश र स्थानीय तहहरूमा परिपत्र गर्न प्रादेशिक समन्वय महाशाखा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो।

 

 

सरकारी निकायहरुमा कार्यालय समयममा टीएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टीएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँज गर्न सकिने व्यवस्था मिलाउन सरकारले सबै निकायहरुलाई निर्देशन दिएको छ ।

 

त्यस्तै, सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

 

सरकारी कर्मचारीले कार्यालय समयमै आफ्नो कामभन्दा बढी सेयर बजारमा चासो दिन थालेपछि र सेयर कारोबारमा समय बिताउन थालेपनि यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी शाखा अधिकृत ज्योति पौडेलले बताईन् ।

Nepali patro