हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठ नियुक्त

1.7K
shares

 

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन्। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनको कार्यकाल नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि लागू हुनेछ। श्रेष्ठ हाल हिमालयन एभरेष्टकै नायब प्रमुख कार्यकारी अधिकृत हुन्।गत असारमा कम्पनीको सीइओबाट विजयबहादुर शाह बाहिरिएपछि सञ्चालक समितिले श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो।

साबिकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स मर्जरपछि २०७९ साउनदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट कम्पनीले एकीकृत कारोबार सुरु गरेको थियो।

civil hospital
Hams Hospitals