बैंकमा लगानीयोग्य पुँजी झण्डै १८ अर्बले थपियो

351
shares

काठमाडौं। निक्षेप पाँच अर्ब १९ करोड रुपैयाँले बढेर पाँच खर्ब १२ अर्ब ७० करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।

 

यस्तै, एभरेष्ट बैंकमा तीन अर्ब ९६ करोडले बढेर दुई खर्ब ३८ अर्ब ८८ करोड, माछापुच्छ्रेमा तीन अर्ब ५३ करोडले बढेर एक खर्ब ६३ अर्ब १६ करोड, कृषि विकास बैंकमा दुई अर्ब २५ करोडले बढेर दुई खर्ब ५४ अर्ब ६६ करोड, सिटिजन्समा एक अर्ब ९७ करोडले बढेर एक खर्ब ९१ अर्ब चार करोड, नबिलमा एक अर्ब ५८ करोडले बढेर चार खर्ब ७५ अर्ब ६० करोड र राष्ट्रिय वाणिज्य बैंकमा ७० करोडले बढेर चार खर्ब छ अर्ब ३४ करोड रुपैयाँ निक्षेप कायम भएको छ ।

 

तर, सानिमामा चार करोडले घटेर एक खर्ब ९९ अर्ब ४१ करोड, स्ट्यान्डर्ड चार्टर्डमा ५० करोडले घटेर एक खर्ब १६ अर्ब १२ करोड, सिद्धार्थमा ९० करोडले घटेर दुई खर्ब ४२ अर्ब, नेपाल एसबिआईमा एक अर्ब ४० अर्बले घटेर एक खर्ब ७३ अर्ब ३३ करोड, प्रभुमा दुई अर्ब ७० करोडले घटेर तीन खर्ब चार अर्ब ३९ करोड, नेपाल बैंकमा चार अर्ब १७ करोडले घटेर दुई खर्ब ७४ अर्ब २० करोड र एनआईसी एसियामा सात अर्ब दुई करोडले घटेर तीन खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँको निक्षेप कायम भएको छ ।

 

यस्तै, भदौमा मात्रै वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५३ अर्ब रुपैयाँले बढेको देखिएको छ । कर्जा बक्यौता (आउटस्टान्डिङ)को आधारमा भदौमा ५३ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको हो ।

 

साउन मसान्तसम्म उनीहरुको कुल कर्जा प्रवाह ४५ खर्ब ७३ अर्ब रुपैयाँ थियो । भदौं मसान्तसम्म आउँदा त्यो बढेर ४६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । तथ्यांकअनुसार अझै पनि वाणिज्य बैंकहरुमा छ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।

 

भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ८९ अर्ब रुपैयाँ छ । त्यसमा ४६ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह भइसकेको छ । अहिले उनीहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९४ प्रतिशत छ ।

Nepali patro