सेलिव्रेटि कलाकारले रुचाएका गीतकार डा. दामोदर रेग्मी

47.6K
shares
Nabil bank

“आम मानिसहरु जस्तै गीतकारहरु पनि यही समाजका व्यक्ति हुन्, समाजमा हुने विभिन्न घटनाहरुवाट उनीहरु उत्ति नै प्रभावित भैरहेका हुन्छन। उनीहरुको लेखनको मूल श्रोतनै सामजिक परिवेश र सो परिवेश भित्रका पर्यावरणहरु हुन् ।लेखक कहिले पनि सामाजिक परिवेश र पृष्ठभूमिबाट बाहिर जानै सक्दैन । ती परिवेशहरुमा केही आकर्षकपना नयांपना सिर्जनशीलता र साजसज्जा थपेर पाठक श्रोता वा दर्शकको मन आकर्षित गर्ने क्षमता सर्जकहरुमा भने पक्कै हुन्छ । गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक आवरणमा प्रस्तुत गरिदिन्छ । गीतकारहरु कहिलेकाहीँ त्यो कथाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ गीत सिर्जना गर्ने गर्दछन्।कथाको पात्रको रुपमा आफूलाई राखेर गीत वा कविता सिर्जना गरियो भने त्यो रचना बढी वास्तविकतामा आधारित हुन्छ ” यो भनाइ पूर्व प्रशासक तथा प्रशासनविद र अहिलेका उदीयमान गीतकार डा. दामोदर रेग्मीको हो । उनीव्दारा लिखित लेखेको सिरेटोले छुदै छुन्न गीति संग्रहका कैयन गीतहरुको स्वरांकन र म्यूजिक भिडियोको सार्वजनिक भए पछि उनी एउटा आशालाग्दा गीतकारको रुपमा नेपाली गीत संगीत क्षेत्रमा व्यस्त गीतकारको रुपमा देखिएका छन् ।उनको गीतलाई हेर्दा उनी मूलत: सकारात्मक सोचका गीतहरुलाई मर्मस्पर्शी शव्द र भाव तथा सेलिव्रेटी गायक गायिका र संगीतकार संगको सहकार्य उनका गीतका विशेषताहरु हुन् ।उनी सेलिव्रेटि कलाकारले रुचाएका गीतकारमा पर्दछन् ।

गीत लेख्ने काम कसरी शुरु गर्नु भयो भन्ने प्रश्नमा उनी वताउंछन् स्कूलमा पढ्दा नियमित रुपमा हुने अतिरिक्त क्रियाकलापहरुमा अतिरिक्त क्रियाकलापहरुमा भाग लिने जांगरले मलाई लेखन कार्य तर्फ प्रेरित गरायो । विद्यालयका ती दिनहरुमा भविष्यमा कुनै साहित्यकार गीतकार कवि वा लेखक बनुलां भन्ने कुनै पूर्व निर्धारित उद्देश्य अनुसार लेख्ने कार्य गरिएको पनि थिएन ।पछि कुनै घटना विशेषले गीत लेख्न थालियो । अलि पछि केही गीतहरु समेटेर सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि तयार हुन पुग्यो । सिरेटोले छुदै छुन्न गीति संग्रहको सामाजिक सञ्जालव्दारा सार्वजनिकीकरण र यसका केही गीतहरुको स्वरांकन तथा भिडियो म्यूजिक सार्वजनिक भएपछि म गीतकारको अर्को पहिचानमा समेत रहन पाउनु मेरो लागि खुशीको कुरा हुन गएको छ ।गीतकारको यो भूमिकाले समाजका यावत घटना वा परिवेशलाई शव्द मार्फत आफ्ना रचनामा समावेश गर्ने दायित्व पनि थपिएको छ उनी सविस्तार वताउंछन्।

यहांका गीतहरु सकारात्मक सोच धारमा वह्को देखिन्छ यसको कारण बुझ्ने क्रममा उनी वताउंछन् सर्जकहरु कुनै सिर्जनाका उत्पादनकर्ता मात्र होइनन् यिनीहरु सकारात्मक समाज निर्माणका सम्बाहकहरु पनि हुन् ।रचनाहरु जुनसुकै हुन् यिनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्दछ ।मैले लेख्ने गरेका प्रशासन तथा व्यवस्थापनका सयौ लेखहरुमा यो प्रवृत्तिलाई समाउने प्रयास गरेको छु ।यो धार मैले लेखेका गीतहरुमा पनि प्रतिवम्वित भैरेहेको पृष्ठपोषण पाठक, श्रोता र दर्शकबाट प्राप्त गर्ने गरेको छु। मैले लेखेको सिरेटोले छुदै छुन्न गीति संग्रहमा रहेका अधिकांश गीतहरु यहि धारमा रहेका छन् र गायक गायिका र संगीतकारले यहि धारका गीत रुचाएर गाउने र संगीत दिने गर्नु भएको छ साथै श्रोता र दर्शवाट पनि यी गीतहरु रुचाउने गरेको र सकारात्मक प्रतिक्रिया दिइरहनु भएको छ यसकारणले पनि यसै धारलाई निरन्तरता दिने उत्प्रेरणा मिलेको उनी बताउंछन् ।

आफूले रचेका कुन गीत बढि मन पर्दछ भन्ने प्रशनमा उनी शुरुमा त उत्तर दिन अन्कनाए।हांस्दै यो प्रश्नलाई स्किप गर्न मिल्दैन भन्दै अलि पछि गाह्रो मान्दै भन्छन् यो प्रश्नको उत्तर दिनु त्यति सजिलो छैन जसरी हर आमालाई आफ्ना सवै सन्तान सुन्दर र प्यारा लाग्छन् गीतकारलाई पनि आफूले लेखेका सवै गीतहरु आफूलाई मन पर्नु स्वभाविकै हो । तथापी कहिलेकाही केही गीतहरु अलि बढी नै मन पर्ने गर्दछ ।यसमध्ये अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला वोल रहेको गीत लेखनकै क्रममा विशेष मन परको गीत हो । यसको गायन नेपाल आइडल बाट चर्चित प्रताप दास र नेपालकी अल्काइ याग्निकको नामवाट समेत परिचित अनु चौधरीको रह्यो भने संगीतकार डि. वि. लामा रहेका छन् । रामहरि खड्का र सृष्टि खड्काको सुन्दर अभिनय र नितिन चन्दको निर्देशनले गीतमा थप रौनक थपेको उनी बताउंछन् ।उनले रचना गरेको एउटा गीतको शीर्षक जिन्दगीको पाठशालाले धेरै पढायो रहेको छ। यो गीतले पनि सकारात्मक सोच र आशावादिताको सन्देश बोकेको छ ।गीतको शव्द र भावलाई न्याय गर्न ले आनि छोइंग डोल्माबाट स्वरांकन गराएको उनी बताउंछन यो गीतमा किर्ती न्यौपानेको संगीत रहेको छ भने वरिष्ठ कलाकार मिथिला शर्माको अभिनय र कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ ।

स्वरांकन भैसकेका अन्य गीतहरुको वारेमा सोध्दा उनी बताउंछन् “एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ” वोलको गीतले रेकर्डिंग हुने पहिलो सौभाग्य पाएको थियो यस गीतमा गायक आनन्द कार्कीको स्वर र वरिष्ठ संगीतकार किरण कडेलको सुमधुर संगीतले साथ पाएको छ । यसको म्यूजिक भिडियोमा दीपेन्द्र खत्री र सोनु ढुंगाना तथा गायक स्वयम् आनन्द कार्कीको अभिनय रहेको उनी बताउंछन् ।

यसरी उनको सहकार्य सेलिव्रेटी संगीतकार गायक गायिका र कालाकार हरु संग भएको देखिन्छ ।यसको कारण सोध्दा उनी वताउंछन् कुनै एक अवसरमा गायन, संगीत र अभिनय क्षेत्रमा नाम कमाउनु भएका मुरलीधर संग मेरो भेट भयो । मुरलीधर नेपाल आउदा जहिले पनि केही गीत गाएरै जाने गर्नुहुन्छ । उहांले मरो शव्दमा समेत गीत गाउने चाहना गर्नु भयो । पूरै गीतिसंग्रह उहालाई थमाएं उहां त त्यहि नै मेरा गीत हेर्दै गुन्गुनाउन पो थाल्नु भयो, केही दिन भित्र मुरलीधरले दुइ तीन वटा गीतको डमि तयार गर्नु भयो, डमीहरुसवै राम्रा थिए किनकी त्यसमा मुरलीधरको स्वर थियो। ती डमीहरुमध्ये मेरो विशेष अनुरोधमा सिरेटोले छुदै छुन्न वोलको गीत गाउने कुरा तय भयो । मेरो गीति संग्रहको नाम पनि यसै गीतवाट रहेकोले यो गीत मुरलीधर जस्तो लोकप्रिय संगीतकार र गायकले गाइदिनु पर्छ भन्ने मेरो भनाइमा उहां सहमत हुनुभयो । उक्त गीत साह्रै नै कर्णप्रिय बन्यो मुरलीधरले एउटा राम्रो संगीत र स्वर तयार गरिदिनु भयो । गीत सार्वजनिक भएपछि सकारात्मक प्रतिक्रियाहरु आउन थाले । यसरी मुरलीधरसंग मेरो सहकार्य हुन पुग्यो उनी बताउंछन् ।

यसै गरि मेरो शव्द, डि बी लामाको संगीतमा “डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ” वोलको गीतमा कोकिलकण्ठी गायिका समीक्षा अधिकारीको स्वरमा आएन सफल भयो यो मेरो अर्को सौभाग्य रह्यो उनी बताउंछन् ।

उनको शव्दमा चर्चित संगीतकार वि. पि. वाग्लेले समेत संगीत दिएका छन् वाग्ले संगको सहकार्यमा रेग्मीको देशप्रेममा आधारित वालगीत आएको छ भने डि. वि. लामाको संगीतमा सुरेश लामा र दीपाको यो मनको चाहना बोलको गीत आइसकेको छ जसको म्यूजिक भिडियोमा प्रभात पाल ठकुरी र अप्सना बलामीको सुन्दर अभिनय रहेको छ ।

सेलिव्रेटी कलाकारहरुसंग सहकार्य गरेका गीतकार डा दामोदर रेग्मीको वारेमा सेलिव्रेटी कलाकारहरुको अनुभूति पनि सकारात्मक रहेको पाइन्छ ।एक कुशल प्रशासनविद तथा शव्द चयनका दृष्टिले अव्वल रहेका गीतकार डा दामोदर रेग्मीको पहिलो गीत स्वरांकन गर्ने अपूर्व अवसर पाउनु खुशीको कुरा रहेको कुरा वरिष्ठ गायक आनन्द कार्की वताउंछन् ।यसै गरि गायन संगीत र अभिनय क्षेत्रका कुशल प्रतिभा मुरलीधर गीतकार डा दामोदर रेग्मीको गीति संग्रहको मूल शीर्षक सिरेटोले छुदै छुन्नमा आफ्नो संगीत र स्वर रहेको रहन पाउनु र प्रशासकको सफल भूमिका निर्वाह गर्दै गीत संगीतको क्षेत्रलाई समृध्द बनाउने कर्ममा होमिनु भएका रेग्मी संगको सहकार्य एउटा राम्रो अनुभूतिमा रुपान्तरण भएको बताउंछन् ।

कम गीत स्वरांकन भएपनि ती गीतहरुको गुणस्तरको कारणले वढी चर्चा पाउन गीतकार रेग्मी सफल हुनु भएको छ यस्तो सिर्जनशील गीतकारसंग सहकार्य गर्न पाउनु एउटा राम्रो अवसर भएको संगीतकार किर्ति न्यौपाने बताउंछन् । गीतकार डा. दामोदर रेग्मीको गीतहरु शव्द चयनका दृष्टिले अति मार्मिक रहेका छन् एकल र युगल गायन दुवै प्रकारका गीतका शव्दहरुमा उहांको अति नै दखल रहेको संगीतकार डि. वि. लामा बताउंछन् ।

डा रेग्मीको शव्द रहेको जिन्दगीको पाठशालाले धेरै पढायो वोलको गीतकी गायिका आनि छोइंग डोल्मा गीतका शव्द र भाव वाट प्रभावित भएर सो गीत गाएको र यो गीत मेरो अर्को गीत फूलको आँखामा फूलै संसार जस्तै पूर्ण रुपमा सकारात्मक सोचमा रहेको वताउंछिन् । यसै गरि यस गीतमा अभिनय गरेकी कलाकार मिथिला शर्मा पनि गीतका शव्द अति मर्मस्पर्सी भएको र सकारात्मक रुपमा जीवन जिउन प्रेरणा दिने भएकोले यसमा अभिनय गर्न पाउनु खुशीको कुरा रहेको वताउंछिन् । यस गीतका भिडियो निर्देशक कृष्णदेव रुपाखेती यस्तो गीत एक जुगमा एक पटक आउंछ यसको जन्मदाता गीतकार डा दामोदर रेग्मी, गायिका आनि छोइंग डोल्मा, संगीतकार किर्ति न्यौपाने र कलाकार मिथिला शर्मा संगको सहकार्यवाट इतिहास रच्ने अवसर प्राप्त भएको वताउंछन् ।

गीतकार डा. दामोदर रेग्मीको अलिकति हांस्नु तिमी अलिकति म हांसुला वोलको गीतमा अभिनय गरेका कलाकार रामहरि खड्का गीतकार डा. दामोदर रेग्मीका सवै गीतहरु अति नै राम्रा रहेका छन् त्यसमध्ये अलिकति हांस्नु तिमी अलिकति म हांसुला वोलको गीत सवै दृष्टिले अव्वल छ यसमा मैले अभिनय गर्न पाउनु खुशीको कुरा हो भन्दछन् । यसै गरि आनन्द कार्कीको स्वर रहेको एक अञ्जुली मायाको उपहार छरिदेउ गीतका संगीतकार किरण कडेल गीतकार रेग्मी को गीतका शव्दहरु उत्कृष्ट रहेको वताउंछन् । यसै गीतमा अभिनय दिएका दीपेन्द्र खत्री एक अञ्जुली मायको उपहार छरिदेउ गीतको भिडियो छायांकन गर्नु पूर्व उक्त गीतका भावलाई न्याय गर्ने गरि गीतका शव्द र भाव बुझ्न मेरै प्रयास गरेको र गीतका शव्द र भाव उत्कृष्ट रहेको वताउंछन् ।निर्देशक सियोन श्रेष्ठको पनि यस्तै भनाइ रहेको छ ।

यो मनको चाहना गीतका कलाकार प्रभात पाल ठकुरी र अप्सना वलामी तथा निर्देशक उत्तम श्रेष्ठ सिसिर गीतकार डा. दामोदर रेग्मीका शव्द अनुरुपको छायांकन र अभिनयको लागि पोखराको मनमोहक स्थान छनौट गरिएको वताउंछन् ।

गीत संगीतका क्षेत्रमा अवको योजना के छ भन्ने प्रश्नमा गीतकार डा. दामोदर रेग्मी मैले अलि पछि हात हालेको यो क्षेत्रले यो क्षेत्रलाई समेत निरन्तरता दिने प्रेरणा मिलेको छ नेपाली गीत संगीतको उत्थान र नवीन प्रयोगमा आफ्ना प्रयासहरु केन्दित हुने बताउंछन् । तपाइको रोजाइमा सेलिव्रेटि कलाकार तपाइ संग सहकार्य गर्न आनुभएको हो कि उहांहरुको रोजाइमा तपाइ पर्नु भएको हो भन्ने सोधाइमा उनी मुस्कुराउंदै भन्छन् संभवत म संग सहकार्य भएका कलाकारहरुको उत्कृष्टता र गीतको शव्द र भावले एक अर्काको सहकार्यको आवश्यकता खोजे अनुरुप यो सहकार्य हुन गएको हो उनी बताउंछन् ।

“प्रशासन तथा व्यवस्थापन विषयमा नियमित लेख लेख्न थालेको दुइ दशक नाघि सक्यो मेरो लेखनको त्यो मूल आधारशीलालाई आगामी दिनमा निरन्तरता दिने नै छु यसमा कमी आउन दिने छैन” तपाई त प्रशासन व्यवस्थापन विषयका नियमित लेखक पनि कतै गीत संगीत तर्फको व्यस्तताले प्रशासन व्यवस्थापन तर्फको लेखन कम हुदै जाने त होइन भन्ने प्रश्नमा उनी बताउंछन् ।

(प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मीसंगको कुराकानीमा आधारित आलेख)

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x