हिमालयन बैंकले तीन महिनामा ७२ करोड ६४ लाख कमायो

1.1K
shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७२ करोड ६४ लाख रुपैयाँ नाफा गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.२२ प्रतिशत कम हो ।

 

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको यो अवधिमा खुद ब्याज आम्दानी २२.८८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.६८ प्रतिशत र कुल सञ्चालन आम्दानी २०.२२ प्रतिशत घटेको छ । त्यस्तै, सञ्चालन मुनाफा २०।२२ प्रतिशत बढेको छ ।

 

 

त्यस्तै, बैंकको खराब कर्जा प्रतिशत ४.६७ बाट बढेर ४.९८ पुगेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिशत शेयर आम्दानी ६ रुपैयाँ ९ पैसा घटेर १३ रुपैयाँ ४२ पैसा पुगेको छ । बैंकको २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । भने जगेडा कोष ४.४३ प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १०.९५ प्रतिशत बढेको छ । कर्जा तथा सापटीमा १.५७ प्रतिशत घटेको छ ।

civil hospital
Hams Hospitals