श्रीलंकाविरुद्ध नेपालको शानदार जित,फाइनल पुग्न भारतसँग खेल्ने

1.5K
shares

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा ५ पटकको विजेता भारतसँग खेल्ने भएको छ ।

 

दशरथ रंगशालामा बिहीबार भएको समूहगत चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएर समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

 

३ खेलपछि भुटान र नेपाल दुवैले समान ७ अंक जोडे। गोलअन्तरमा नेपाल विजेता र भुटान उपविजेता बने। बिहीबार भएको खेलमा भुटानले मालदिभ्सलाई १३–० गोलले हराएपछि नेपाललाई समूह विजेता बन्न सजिलो थिएन । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा मालदिभ्सलाई ११–० गोलले हराएको थियो ।

 

 

 

भुटानले दोस्रो खेलमा श्रीलंकालाई ४–१ गोलले हराएको थियो। नेपालले पहिलो चरणमा १७ गोल गर्योा भने एक गोल पनि व्यहोरेन । भुटानले १७ गोल गर्यो भने एक गोल व्यहाेर्यो । भुटानले सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग खेल्ने छ ।

 

 

श्रीलंकाविरुद्ध नेपालले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै समूह विजेता बन्ने पक्का गरेको थियो । पहिलो हाफमै ४-० गोलले अगाडि रहेको नेपाललाई थप २ गोल गर्न अन्तिम समयसम्म कुर्नुपर्यो ।

civil hospital
Hams Hospitals