शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट बिक्री

897
shares
Shine resunga department bank

काठमाण्डौ । आज बजार र सूचक बढ्दा पनि शीर्ष १० ब्रोकरहरुमा धेरै जस्तो ब्रोकरबाट बिक्री दबाब परेको छ ।

आज लिञ्च सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७  करोड ८२ लाखको खरिद भएको छ भने ४१ करोड ७४ लाखको बिक्री भएको छ ।

दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २७ करोड ३९ लाखको खरिद भएको छ भने ३० करोड ४० लाखको बिक्री भएको छ ।

तेस्रो  स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १६ करोड ४९ लाखको खरिद भएको कछ भने २५ करोड ८२ लाखको बिक्री भएको छ ।

 

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १९ करोड ७५ लाखको खरिद भएको छ भने १७ करोड ९१ लाखको बिक्री भएको छ ।

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड ९८ लाखको खरिद भएको छ भने १५ करोड ३९ लाखको बिक्री भएको छ ।

छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १५ करोड ३५ लाखको खरिद भएको छ भने १५ करोड ८४ लाखको बिक्री भएको छ ।

सातौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजबाट १५ करोड २० लाखको खरिद भएको छ १५ करोड ७१ लाखको बिक्री भएको छ ।

आठौं स्थानमा रहेको डाइनामिक मनीम्यानेजरबाट १३ करोड ३८ लाखको खरिद भएको छ भने १६ करोड ३० लाखको बिक्री भएको छ ।

नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १४ करोड ५८ लाखको खरिद भएको छ भने १२ करोड ३७ लाखको बिक्री भएको छ ।

दशौं स्थानमा रहेको श्री हरी सेक्यूरिटिजबाट ११ करोड ३० लाखको खरिद भएको छ भने १२ करोडको बिक्री भएको छ ।

Sharestha treating