आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ : लक्ष्मीप्रसाद देवकोटा
वि.सं.२०८१ कात्तिक १६ शुक्रवार
shares
लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि हुन्। देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका साईला छोरा थिए। उनि डिल्लीबजार, धोबीधारा, काठमाडौंमा बिक्रम सम्बत २९६६ साल कार्तिक २७ गतेका दिन लक्ष्मी पूजाका दिन जन्म भएको थियो। उनको जन्म लक्ष्मी पुजाको दिन भएकोले लक्ष्मीप्रसाद नाम राखिएको थियो। उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो।देवकोटा नेपाली साहित्यका महाकवि हुन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन् । विशेष गरी देवकोटाको मुनामदन लोकप्रिय भएको थियो ।
पाँच वर्षको उमेरमा नै उनले आफ्ना पिताबाट अक्षरारम्भ गरेका थिए। हुने बिरुवाको चिल्लो पात भने झैं उनले दश वर्षको उमेरमा नै पिताको प्रेरणाबाट ‘घनघोर दुःख सागर शीर्षकको कविता लेखेको पाइन्छ। उनले लेखेको उक्त कविता यस्तो छः“घनघोर दुःख सागर संसार जान भाइ,नगरे घमण्ड कहिले मर्नू छ हामीलाई।”तर उनको प्रथम प्रकाशित कविता भने पूर्णीमाको जलदी हो। यो कविता १९९१ साल मंसिर १५ गते गोरखा पत्रमा छापिएको थियो। उनको ठूलो परिवार भएकाले सीमित आयका कारण उनलाई केही समय अप्ठ्यारो परे पनि बाल्यकालमा उनलाई घर परिवारले ज्यादै माया गरी हुर्काएको पाइन्छ। उतिवेलाको परम्परा अनुसार देवकोटाको व्रतवन्ध ८ वर्षको उमेरमा नै गरिएको थियो। त्यसपछि उनले पिताबाट नै अमरकोष र संस्कृतका श्लोकहरू पढ्ने अवसर पाएका थिए। उनी पिताले पढाएका संस्कृतका श्लोकहरू कण्ठस्थ भन्न सक्दथे।
देवकोटा ११ वर्षको उमेरमा काठमाडौंको दरबार स्कूलमा पाँचौं कक्षामा भर्ना भएका थिए। स्कूलमा उनी मेधावी छात्रको रूपमा परिचित भएर आठौं कक्षा पढ्दा पढ्दै नवौं कक्षामा उक्लिने अवसर समेत पाएका थिए। यसै बीचमा १९८१ सालमा १५ वर्षको उमेरममा उनको विवाह काठमाडौंकी मनदेवी चालिसेसँग भएको थियो। विवाह पछि १९८२ सालमा उनले म्याट्रिक पास गरे त्यसपछि १९८२ सालमा नै उनी त्रिचन्द्र कलेजमा आइ.ए.सी.मा भर्ना भएका थिए। त्यहाँबाट आइ.ए.सी. पास गरेपछि उनले १९८६ सालमा भारतमा गएर बि.ए द्वितीय श्रेणीमा उत्तीर्ण गरे। त्यसवर्ष नेपालबाट बि.ए. पास गर्ने उनी एक जनामात्र थिए। त्यसपछि उनले नेपालमा आएर केही साथीहरूसँग मिली सर्वप्रथम काठमाडौंमा पुस्तकालय खोल्न थालेका थिए तर पुस्तकालय खोल्न थाल्दा तत्कालिन प्रधानमन्त्री भीमशम्शेर राणाद्वारा उनी दण्डित हुन पुगे। यसले गर्दा उनलाई राणा शासकप्रति घृणा लाग्न थाल्यो। त्यसपछि उनले विए. पनि पास गरे तर अंग्रेजी साहित्यको एम.ए.को पर्ढाई पूरा गर्न नसकेकोमा उनी ज्यादै चिन्तित बन्न पुगे। त्यसैताका उनकी ममतामयी माता अमरराज्य लक्ष्मीको निधन भयो। यसले गर्दा उनको कोमल मनलाई ज्यादै चोट पुग्यो। जीवन संघर्षपूर्ण छ। यस जीवनमा अनेकौं संग्राम लडेर मानिसले बाँच्नुपर्छ भन्ने कुराको बोध भएका देवकोटाले यो वेदनालाई पनि आत्मसात गरे।
देवकोटाका मर्मस्पर्सी भनाइहरु
कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।
खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।
चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।
दर्शन भय हो भने कविता सत्य हो ।
घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।
जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।
सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ ।
संसार अँध्यारो समान हो ।
जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर । मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।
सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।
मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।
शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।
देवकोटाले नेपाली साहित्यमा पुरयाएको गोगदान
देवकोटाका कृतिहरुमा कविता संग्रहतर्फ पहाडी पुकार ( वि.सं. २००५)ड्डपुतली(वाल कविता)ड्ड वि.सं. २००९)ड्ड भिखारी ( वि.सं. २०१०) ड्डसुनको विहान ( वि.सं.२०१०) ड्डछहरा (वि. सं २०१२)ड्ड जन्मोत्सव र मुटुको थोपा ( वि.सं.२०१५) ड्ड मृत्युशैयाबाट ( वि.सं.२०१६) ड्डचिल्ला पातहरू ( मृत्युपश्चात प्रकासित, वि.सं. २०२१) ड्डगाईने गीतहरू (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४) ड्डमनोरञ्जन (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४) ड्ड भावना गाङ्गेय (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४)ड्ड आकाश बोल्छ (मृत्युपश्चात प्रकासित, वि.सं. २०२५) ड्ड छाँगासँग कुरा (मृत्युपश्चात प्रकासित, वि.सं. २०२६), ड्डलक्ष्मी कविता संग्रह ( मृत्युपश्चात प्रकासित, वि.सं. २०३३) ड्ड लक्ष्मी गीत संग्रह ( मृत्युपश्चात प्रकासित, वि.सं. २०४०) कालजयी रचनाहरुको सिर्जना गरेका छन् ।
त्यसैगरी खण्डकाव्य तर्फ मुनामदन ( प्रकासन वर्ष, वि.सं. १९९१) , राजकुमार प्रभाकर ( वि.सं. १९९७), कुञ्जिनी ( वि.सं. २००२), वसन्ती गीतीकाव्य( वि.सं. २००९), मैना ( वि.सं. २००९), सुन्दरी जर्पिना ( वि.सं. २००९), रावण जटायु युद्ध ( २०११) , म्हेन्दु ( २०१५), लुनी ( २०२३), सीताहरण ( २०२४), मायाविनि सर्सी ( २०२४), नवरस कोश काव्य ( २०२५), मैना ( पुनः सम्पादन २०३९) कालजयी रचनाहरुको सिर्जना गरेका छन् ।
देवकोटाले निबन्धका रुपमा आषाढको पन्ध्रध्र(१९९३,शारदा), भलादमी, फूल, पहाडी जीवन, हाई हाई अंग्रेजी, के नेपाल सानो छ, कला र जिवन, कल्पना, साधुको महात्म्य, निद्रा श्रीपञ्चमीको दिन २०१०, साढे,मेरो पाल्पा तानसेन तर्फको यात्रा आदी कालजयी रचनाहरु रहेका छन् ।
महाकाव्यमा पृथ्वीराज चौहान,प्रमिथस,महाराणा प्रताप,वनकुसुम,शाकुन्तल,सुलोचनाकथासंग्रहमा लक्ष्मीकथासंग्रह नाटकमा रजपूत रमणी,सावित्री–सत्यवान, बालसाहित्यमा पुतली,सुनको बिहान , अङ्ग्रेजीमा अनूदित द ब्यालेड अफ लुनी, शाकुन्तल महाकाव्य अनुवादमा प्रसिद्ध प्रबन्धसङ्ग्रह बिग गेम सूटिङ इन नेपाल, म्याकबेथ कविताहरूमा लक्ष्मी कवितासंग्र्रहमा इन्द्रेनी,नीलकाँटाको आवाज,माघको खुलेको बिहान,झञ्झाप्रति,फूलकी कोपीप्रति,भूतलाई झटारो,प्रार्थनाको निशि,वैशाख चतुर्दशीको चाँदनीसँग,वसन्तपूर्णिमाप्रति,श्रीपेच,हामी नेपाली,हुरीको गीत,गधा बोल्छ,वसन्त,राजा केवल एक कलम देऊ,बिहानको आकाशलाई,एक सुन्दरी च्यामिनीप्रति,ग्रहण नुहाउँदी प्रति,रानीवनमा,कमजोरी,भूत सवार,चुकूल,सालपाते फट्यांग्रोलाई,पानी,अतिथिहरू,चराको भजन,दाल भात डुकु,रातकी आत्माप्रति,एक असारको बिहान,सावन,मानिस विराट्,मेरो धर्म्म,फागुन फुल्छ संसार सारा,उद्बोधन्,वर्षा,शुक्रबार एधार बजे राती,एक बिहान,जुरेलीको गान,माल किन्दी,पापको गुनासो,शाहजहाँको इच्छा,गौँथली र देवकोटा,दोर्जिलिङको बाघचूलीमा,अहिलेको क्षण,दशैँताक,किन मुसकान?,सघन तमिस्राप्रति,एक सुन्दरी वेश्याप्रति,पागल,गोली हो,एक तिमी,जित्नु छ साथी जिताउनु छ साथी,गैँडोपासना अथवा यस अर्थसंकट,धोबिनीले पगली बोली, रजनीसँग,पोखरा,ज्वरशमना,हुरीपछि गृहागमन,उघ्रेर बिग्रेको बिहान,एक तरङ्ग,प्रेमपत्र,अहो मलाई ताजूब लाग्छ,सन्ध्या,मातृभूमिको माटो रुन्छ,आरोहीप्रति,आर्यघाटतिर (विषादिका),पितृविलाप,तारा तारा,ज्यापू,क्षितिजतिर,दुई प्रवृत्ति,मोहोडामा,साँढे,शण्डेश्वर पर्व,म लहरा भए,सङ्गीत–सङ्गीत,म,बादलको स्वागत,निद्रित भरिया,युग बालक,सार्की,स्वतन्त्र हो मानवता रे ,एसिया,कुखुरो,सिस्नोको गुनासो,प्रलयवेदना,संकल्प हाम्रो फलोस्,शून्यमा शून्य सरी,भिखारीमा सङ्ग्रहित,भिखारी,बादल,तिनको घँसिया गीत,माली,सन्ध्या,सम्झना, आफ्नो घर,जीवन, वन,बालककाल,वृक्ष,गरीब,किसान,चारू,वसन्त,यात्री,वन,प्रश्नोत्तर,जीवन,अन्त्यमा,जिन्दगीको मौसम,झरना,घाँसी आदि कालजयी रचनाहरुको सिर्जना गरेका छन् ।
बालसाहिरत्य तर्फ सुनको बिहानमा संग्रहित सुनको बिहान,पैसा,सिँह र मुसा,वर्षा,मास्टरजी,पल्टन,सौन्दर्य–उपासना,फूल–परी,किताब–चरो,धूलो,नेपाली सलाई बट्टा,कुहू कुहू,तस्वीर,हैँसा बुढीको मुख,गाउँ दिने कथा,पृथ्वी–भकुण्डो,जुनी,झाँगघर जस्ता कालजयी रचनाहरुको सिर्जना गरेका छन् ।
खास गरी १९९१ साल पछि देवकोटाको कविता यात्रा बेजोडले बगेको पाइन्छ। त्यसपछि उनले फुटकर कविता, गीत, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास र अनुवाद लेखन गरी आफ्ना विशिष्ट कृतिद्वारा नेपाली साहित्यको भण्डार भरेको पाइन्छ। नेपाली साहित्यमा सर्वप्रथम स्वच्छन्दतावादको प्रवेश गराउने देवकोटाका कवितामा ग्रामीण सभ्यता प्रति आकर्षण, शहरिया सभ्यताप्रति विकर्षण, किसान तथा गरीबप्रति सहानुभूति वर्तमानप्रति आक्रोश अतीतप्रति मोह, देशप्रेम, मानवप्रेम एवं प्रकृत्र्रिेमको भावना व्यक्त भएको पाइन्छ। उनी सरल भन्दा सरल र कठिन भन्दा कठिन भाषामा लेख लेख्न सक्थे। उनको भाषा प्रभावमय एवं जादूमय छ। साँच्चै भन्ने हो भने उनी नदीको पानी बगे जस्तै गरी कतै कहीँ नरोकिकन लेख्न र कवितामा नै पूरा गर्न सक्थे। त्यसैले त उनले एक बसाई र एकै रातमा कुञ्जिनी खण्डकाव्य, दश दिनमा सुलोचना र तीन महिनामा शाकुन्तल महाकाव्य लेख्न सफल भए। उनी करुण, वीर, हास्य, श्रृंगार आदि सबै रसमा कविता लेख्न सक्थे। उनी गद्य र पद्य दुवै क्षेत्रमा सिद्ध हस्त थिए। इश्वर, प्रकृति र मानवतावादका पूजारी देवकोटाले छन्द, लय, अलङ्कार सबैलाई कवितामा नचाएका छन् त्यसैले त भारतका सुप्रसिद्ध विद्वान् सांकृत्यनले उनलाई पन्त–प्रसाद–निराला भनेर भनेको, समालोचक राममणि रिसालले देवकोटालाई किम्बुको हरियो पात चपाएर साहित्यको रेसम ओकल्ने कवि हुन् भनेका छन्। त्यसै गरी एउटा विद्वान्ले त उनलाई भन्छन्न– “नेपाली साहित्यको कुवेर महाकवि देवकोटाको टाउँको हिमाल जस्तो गिदीले भरिएको थियो। जसबाट गण्डकी, कोशी र कर्णाली जस्ता सुलोचना, शाकुन्तल र प्रमिथस जस्ता काव्य नदी बग्न सके।” ( श्रोतः आदर्श समाज २१ कार्तिक २०७५)
धन सम्पतिलाई हातको मयल ठान्ने देवकोटाले आफू शिक्षा मन्त्री हुँदा समेत धन जोड्नतिर मन लगाएनन्। नाम लक्ष्मीप्रसाद देवकोटा भए पनि उनलाई लक्ष्मीले भन्दा सरस्वतीले नै माया गरिन्। यति ठूला कविलाई पनि राष्ट्रले उनी जीवित छदा उचित सम्मान गर्न सकेन तर उनी नेपाली भाषा र साहित्यको उन्नयनमा अविरल बगिरहे। कुनै पनि साहित्यकारको मूल्याड्ढन ऊ जीवित छँदै गर्नु उपयुक्त हुन्छ। तर नेपाली साहित्यमा भने यस्तो परम्परा हिजो पनि थिएन र आज पनि हुन सकेको छैन। हिजो सरकारले देवकोटालाई विरामी हुँदा औषधि उपचारको खर्च समेत नदिएर उनको निधनमा गोहीका आँसु खसालेको इतिहास सांक्षी छ। मृत्युशैयाबाट पनि देवकोटाले नेपालमा प्रजातन्त्र मर्न नपाओस् फलोस् फुलोस् भनेकाले उनी प्रजातन्त्रका हिमायती थिए भन्न सकिन्छ साथै नेपालीका हृदयमा मानवता, देशप्रेम र स्वतन्त्रका भावना भर्ने आफ्ना युगका महान् कवि भएकाले उनलाई नेपाली साहित्यका महारथी र राष्ट्रिय विभूति मानिन्छ। यस्ता नेपाली साहित्यका महारथी देवकोटाको निधन क्यान्सरका कारण २०१६ साल भाद्र२९ गतेका दिन हुन पुग्यो। आज उनको भौतिक देह यस संसारमा नभए पनि उनका साहित्यिक कृतिहरूले गर्दा अजर र अम्मर छन्। जब सम्म नेपाल र नेपाली रहने छन् तबसम्म उनलाई कसैले पनि बिर्सने छैनन्।
( उप्रेती नेपाल सरकारका उपसचिव हुन्)
































