इन्भेष्टमेन्ट मेगा बैंक र स्काईवाक टावरबीच छुट सम्झौता
वि.सं.२०८१ मंसिर ४ मंगलवार
909
shares
shares
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’मा विशेष छुट पाइने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रा.लि.’, काठमाडौंबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरूलाई ‘स्काईवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म विशेष छुट दिने भएको हो ।
एनआईएमबीका ग्राहकहरूले एकदेखि पाँचजनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र पाँचजनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । छुट लिन ग्राहकले एनआईएमबी डेबिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
































