रवि लामिछानेलाई काठमाडौँ ल्याइयो,अबको प्रक्रिया के हुन्छ..
वि.सं.२०८१ मंसिर १३ बिहीवार
2.2K
shares
shares
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ । झण्डै डेढ महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बुद्ध एयरको ९एन–एएनएच कलसाइन जहाजमार्फत् साँझ काठमाडौँ ल्याइएको छ ।
लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याईंदैछ । काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले उनलाई आजको रात भद्रकालीमै राख्ने र भोलि बिहानै सरकारी वकिल कार्यालयमा उपस्थित गराइने बताए ।



























