उपकुलपतिको ढोकामा धर्ना बसेका भट्टसँग त्रिविको ३६ बुँदे सहमति
वि.सं.२०८१ पुस १५ सोमवार
1.3K
shares
shares
काठमाडौँ । उपकुलपति प्रा. डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्नामा बसेका त्रिविका स्ववियु सचिव सिद्धान्त भट्ट र त्रिवि पदाधिकारीबीच सहमति भएको छ ।
गत मंसिर २६ गतेदेखि शैक्षिक सुधारको ३५ बुँदे माग राखेर धर्नामा बसेका भट्टसँग आइतबार साँझ ३६ बुँदे सहमति भएको हो ।
भट्टको धर्नापछि सहप्राध्यापक प्रमोद पौडेलको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो ।
आइतबार सहमतिसँगै भट्टले धर्ना तोडेका छन् ।




























