नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कमिटीको पहिलो बैठकका निर्णयहरू

1.5K
shares

 

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २७औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित काठमाडौं जिल्ला शाखाको आज पहिलो बैठक बसेको छ । बैठकले विभिन्न निर्णयहरू गरेको  सचिव रमेश कुमार बोहोराले जानकारी दिए ।


बैठकले २७ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, सबै प्रति धन्यवाद ज्ञापन गरेको सचिव बोहोराको बताए।

पहिलो बैठकको निर्णय :

१. नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको १२ औं जिल्ला अधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने शाखाका सम्पूर्ण साधारण सदस्य, निवर्तमान कार्यसमिति,निर्वाचन समिती, विभिन्न संघ संगठन तथा निर्वाचनको वातावरणलाई सहज बनाउन खट्नुहुने सबैमा हार्दिक धन्यवाद सहित विशेष आभार प्रकट गर्ने निर्णय गरियो ।

२. पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी पुर्वप्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै विशिष्ट अतिथी र अतिथिहरुलाई विशेष धन्यवाद ज्ञापन गरियो।

३. १२ औं जिल्ला अधिवेशनमा आफ्नो अमुल्य मत प्रदान गरेर नयाँ कार्यसमितिलाई निर्वाचित गराउन विशेष भुमिका निर्वाह गर्ने सबै मतदाता ज्युहरुप्रती हार्दिक धन्यवाद दिने निर्णय गरियो।

४. नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई यस अघिकै जस्तो निरन्तरता दिन महासंघको सदस्यता नविकरण शाखाको सिफारिसमा मात्र गराउने र त्यसका लागि शाखाले लेटरहेडमा नाम सिफारिस गराएर पठाएपछी मात्र केन्द्रबाट नविकरण हुने ब्यवस्था गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई र बोधार्थ उपत्यका प्रदेश समितिलाइ दिने गरि पहिलो बैठकबाट नै पत्राचार गर्ने निर्णय गरियो।

५. स्वरोजगार मुलक संचारमाध्यमको प्रवर्द्धन र सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनलाई समय सापेक्ष बनाउनका लागि आवश्यक तयारीसहित समन्वय गर्न छिटै आवश्यक संयन्त्र गठन गर्ने निर्णय गरियो । सथै समानुपातिक विज्ञापन अनलाइन मिडिया लाई समावेश गरि समानुपातिक रुपमा वितरण गर्न समन्धित निकायलाई ध्यानाकर्षण गर्ने निर्णय गरियो ।

६.शाखालाई नियमित खुला राख्ने गरि प्रवन्ध गर्न छिटै एक जना कर्मचारी राख्ने गरि ब्यवस्था मिलाउने निर्णय गरियो।

civil hospital
Hams Hospitals