बदनाम कर्मचारी बास्तोला अधिबेशनको नाममा रकम असुल्न व्यस्त

1.4K
shares
Shine resunga department bank

काठमाडौं।माथिल्लो निकायवाट सरुवामा रोक लागेको बेला पनि भन्सार बिभागमा प्रभाव पारेर लगातार आकर्षक कार्यालय बस्दै आएका एक एक कर्मचारीले व्यपारीदेखि अन्यलाईसमेत हैरान पार्न थालेका छन् । पछिल्लो समय तत्कालिन भन्सार निर्देशक ढुण्डिराज निरौलाले नियम बिपरत सरुवा गरेका लक्ष्मण बास्तोला रसुवा भन्सारमा पुगेका थिए । 

 

७ महिनाअघि २ वर्षे कार्यकाल पुरा गरेर तातोपानी भन्सारबाट सरुवा भएर विभाग आएका बास्तोलालाई रसुवा पठाईएको थियो । यसरी पटक पटक राजनीतिक दवाव र आर्थिक भेटी बुझाएर आकर्षक कार्यालय बस्ने बास्तोलाले कर्मचारी युनियनको अधिवेशनको नाममा व्यवसायीहरुलाई दुख दिन थालेका छन् । सबैभन्दा बढी चल्तापूर्ता क्यारिङ व्यवसायीहरुसँग एकदमै घनिष्ट सम्बन्ध भएका कर्मचारीमा पर्दछन् उनी । पूर्व मन्त्री मोहन बस्नेतका नातेदार बुद्धराज बस्नेत र माओवादी संसाद माधव सापकोटाको व्यापारिक पार्टनरसमेत रहेका माओवादी निकटका व्यापारी ईश्वर गुभाजु लगायतसँग मिलेर काम गर्ने बास्तोलाले गरेको आर्थिक चकचकी देखेर उनका आफन्तहरु पनि चकित बनेका छन् ।

 

नव धनाढ्य नवराज तिमिल्सिना ( होमनाथ ),दिपेश चालिसे, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका निवर्तमान उपाध्यक्ष अमृत कार्कीहरुसँग उनको विशेष साँठगाँठ रहेको भन्सारका कर्मचारीहरु नै बताउँछन् । तातोपानी र रसुवा नाकाबाट अनियमित काम गर्ने मध्येका अगुवा यिनीहरुलाई बास्तोलाले सहयोग गर्ने गरेका छन् । त्यसोत तातोपानी पानी नाकावाट सवैभन्दा धेरै भेपको काम गर्ने सिल्क ग्रुप र त्यसका प्रमुख रमेश शेर्पासँग पनि बास्तोलाको हिमचिम रहेको छ । शेर्पाको गोदाम वाट भर्खरै लाखौ परिमाणमा अबैध भेप बरामद भएको थियो । शेर्पा अहिले फरार छन्। 

 

भन्सार कार्यालयका कर्मचारीहरुले दैनिक रुपमा यो शीर्षका लाखौं रकम घुस असुल गरिरहेको बताइएको छ । बास्तोलाले कर्मचारी कोष र जाँचकी कोष शीर्षकमा दैनिक लाखौंसम्म नजराना असुल्ने गरेको बताइएको छ । भन्सारसँग सम्बन्धित कुनै ऐन,कानुन,नियम,नियमावलीले नचिन्ने जाँचकी कोष र कर्मचारी कोष शीर्षकमा दैनिक एक लाखसम्म असुली गरिने र सो रकम कर्मचारीहरुबीच नै भागबण्डा हुने गरेको छ । जाँचकी कोष शीर्षकमा रकम असुल्ने धन्दामा त्यहाँका खरिदार,सुब्बा, अधिकृत तहका कर्मचारी अगाडि सारिने गरेको बताइएको छ ।

 

उक्त नाकाबाट आयात तथा निर्यात हुने बस्तुको जाँच्पास गर्दा जाँचकी फण्डका नाममा प्रति गाडी एक हजारदेखि तीन हजारसम्म असुल्ने काम भइरहेको छ।

उनले भन्सार बिभाग देखि मन्त्रालय सम्म पुर्याउनु पर्ने भन्दै असुली गर्दै आएको स्रोतले बताएको छ । बास्तोला २०६८ सालमा कर्मचारी युनियनका सचिव पनि हुन्।

यस विषयमा उनिसँग पटक पटक ९८५१२४८९८० नम्बरमा सम्पर्क गर्दा बास्तोला सम्पर्कमा आउन चाहेनन्।

Can