काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने

1.1K
shares

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ ।

 

बिहीबार काठमाडौंमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजुदुर टे«ड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले नो हर्ज प्लीज अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् ।

 

उपत्यका ट्राफिक प्रहरी कार्यालय २०७३ सालमा नो हर्ज प्लीज अभियान सुरु गरेपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनताचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए ।

civil hospital
Hams Hospitals