भीम रावलको पार्टी नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’

20.9K
shares
Nabil bank

 

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान, नेपालको घोषणा गरेका छन् । बिहीबार साँझ फेसबुकमा एक स्ट्याटस राख्दै उनले आफ्नो योजना घोषणा गरेका हुन् ।रावलले चार पानाको ‘मातृभूमि जागरण अभियान, नेपाल, संक्षिप्त जानकारी’ भन्दै एक प्रस्ताव सार्वजनिक गरेका छन् ।

उनले यो विषयमा छलफल गर्दै मातृभूमि जागरण अभियान, नेपाल संचालन गर्दै त्यसैबाट संगठन निर्माण गरेर ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्तिरदल निर्माण निर्माणमा योगदान गर्ने’ उल्लेख गरेका छन् ।यसको संगठन वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्मै गर्ने योजना रावलले राखेका छन् । रावलले मातृभूमि जागरण अभियान गठन गर्नुका ११ उद्देश्य अघि सारेका छन् ।

अवधारणापत्र सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृध्दिको झण्डा उठाअ‍ौं, मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र विकृतिका विरूद्ध जुटौं!’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x