विद्यालयको गेट भत्किँदा एक जना बालकको मृत्यु

19.8K
shares
Nabil bank

काठमाडौं । कैलालीमा विद्यालयको गेट भत्किँदा एक जना बालकको मृत्यु भएको छ ।शुक्रबार कैलारी गाउँपालिका-९, गदरियास्थित जनता माध्यमिक विद्यालयको गेट भत्किँदा सोही ठाउँका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको मृत्यु भएको हो । विद्यालयको मैदानमा विद्यार्थीहरू खेल्ने क्रममा गेट भत्किएपछि रानाको टाउकोमा चोट लागेको थियो ।

 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, सोही ठाउँका मुकेश चौधरीका ८ वर्षीय छोरा समिर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x