फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२५’ काे घोषणा

22.2K
shares
Nabil bank

काठमाडौं ।फेयर एक्सप्रेस मिडिया प्रालीले ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२५’ काे घोषणा गरेकाे छ। माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको आठौँ वार्षिकोत्सव समारोह कार्यक्रमकाबीच फागुनमा आयाेजना गर्नेगरि अवार्डकाे घोषणा गरिएको हाे।

 

शैक्षिक क्षेत्रमा विगत आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तीहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको हो। फेयर मिडियाले अवार्डको लागि शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्ती र संस्थाहरूलाई नाम दर्ता खुला गरेको छ। मिडियाका प्रवन्ध निर्देशक राजेन्द्र लुइटेलले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न मुलुकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ती र संस्थालाई अवार्ड प्रदान गरिने बताए। उनले भने, ‘अवार्डका विभिन्न शिर्षकमा आवेदन दिएका आवेदक मध्येबाट विज्ञ टोलिले छनोट गरेपश्चात उपयुक्त व्यक्ती र संस्थालाई अवार्ड प्रदान गरिन्छ।’

 

मिडियाले नेपाल एवं विदेशका शैक्षिक गन्तव्यका उत्कृष्ट विद्यालय, विश्वविद्यालय, शैक्षिक परामर्श दातृ संस्था, तालिम केन्द्र लगायत शिक्षण संस्था र उक्त संस्थाहरूमा संलग्न भई पाँच वर्ष भन्दा बढी समय योगदान गरेका व्यक्तीलाई आवेदन दिन आह्वान गरेको छ।

 

वार्षिकोत्सव समारोह कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, शिक्षाबिद् बिद्यानाथ काेइराला, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, मध्यपश्चिम विश्वविद्यालयकाे उपकुलपति नन्द बहादुर सिंह, आइप्यानका अध्यक्ष लक्ष्मण केसी, इक्यान पदाधिकारी तथा सदस्यहरू सहित अन्य अतिथिहरूको उपस्थितमा रहेको थियाे।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x