फागुनमा माघको ब्याजदरलाई नै निरन्तरता : कुन बैंकको कति ?

516
shares
Shine resunga department bank

 काठमाडौं । फागुन महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । बुधबार प्रकाशित नयाँ तालिका अनुसार सबैजसो बैंकले माघको ब्याजदरलाई नै निरन्तरता दिएका हुन् ।साधारण बचत खाताको ब्याजदर एकवर्षे संस्थागत र मुद्दती खाताको ब्याजदर हेर्दा सबै बैंकको माघको ब्याजदरलाई नै कायम गरेको देखिन्छ । लामो अवधिको ब्याजदरका लागि भने केही बैंकले ब्याजदर समायोजन गरेको देखिएको छ ।

 

यो अनुसार अहिले साधारण बचत खातामा एनआईसी एशिया बैंकले दिने ३.१० प्रतिशत ब्याजदर नै सर्वाधिक देखिएको छ भने अधिकांश बैंकको ब्याजदर ३ प्रतिशत नै छ । बैंकहरुले बेशेष प्रकारका बचत खातामा साधारण बचत खाताको तुलनामा २ प्रतिशत र रेमिट्यान्स खातामा थप १ प्रतिशतसम्म बढी ब्याजदर दिन पाउँछन् ।

 

एकवर्षे मुद्दती खातामा प्राइम कमर्शियल बैंकले ६ प्रतिशत ब्याजदर तोकेको छ । यो नै सबैभन्दा धेरै हो । एनएमबि र राष्ट्रिय वाणिज्य बैंकले दिने ४ प्रतिशत ब्याजदर सबैभन्दा न्यून हो ।

 

संस्थागत मुद्दती खातामा सानिमा बैंकले दिने ४.३० प्रतिशत ब्याजदर नै सबैभन्दा धेरै हो । यो खातामा ६ बैंकले ३ प्रतिशत ब्याजदर तोकेका छन् जुन सबैभन्दा कम हो । एक वर्ष भन्दा कम र बढी अवधिको लागि भने यो ब्याजदर केही फरक तोकिएको छ ।

 

फागुन महिनाका लागि बैंकको ब्याजदर

 

ग्लोबल आईएमई बैंक

 

ग्लोबल आईएमई बैंकले फागुन महिनामा महिनामा बैंकले साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले लामो अवधिको मुद्दती खाताको ब्याजदर भने ०.२५ प्रतिशत विन्दुले बढाएको छ ।

 

कुमारी बैंक

 

कुमारी बैंकले फागुनका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

 

लक्ष्मी सनराइज बैंक

 

लक्ष्मी सनराइज बैंकले यसपटक व्यक्तिगत बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज तोकेको छ । बैंकले मुद्दती खाताको दीर्घकालीन ब्याजदर भने ०.२५ प्रतिशत घटाएको छ ।

 

कृषि विकास बैंक

 

कृषि विकास बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकेको छ ।

 

सिटिजन्स बैंक

 

सिटिजन्स बैंकले आगामी महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर तोकेको छ ।

 

एभरेस्ट बैंक

 

एभरेस्ट बैंकले फागुन महिनाका लागि साधारण बचत एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दी खातामा क्रमशः ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिनेछ ।

 

हिमालयन बैंक

 

फागुन महिनाका लागि हिमालयन बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४.७५ प्रतिशत र ३.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

 

माछापुच्छ्रे बैंक

 

माछापुच्छ्रे बैंकले फागुनमा साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ ।

 

नबिल बैंक

 

नबिल बैंकले फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ । योबाहेक अन्य सबै प्रकारका ब्याजदर समेत यथावत रहेका छन् ।

 

नेपाल बैंक

 

नेपाल बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.२० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने जनाएको छ ।

 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिने जनाएको छ । यो अघिल्लो महिनाकै निरन्तरता हो ।

 

नेपाल एसबीआई बैंक

 

नेपाल एसबीआई बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.०० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत ब्याज दिनेछ ।

 

एनआईसी एसिया बैंक

 

एनआईसी एसिया बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज तोकेको छ ।

 

एनएमबि बैंक

 

एनएमबि बैंकले फागुन महिनामा बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने जनाएको छ ।

 

प्रभु बैंक

 

प्रभु बैंकले आगामी महिना बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याजदर दिनेछ । बैंकले गत महिना पनि ब्याजदर यथावत राखेको थियो ।

 

प्राइम कमर्सियल बैंक

 

प्राइम कमर्शियल बैंकले फागुन महिनाका लागि पनि ब्याजदर यथावत राखेको छ । यस अनुसार बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ । बैंकले गत महिना पनि ब्याजदर घटबढ गरेको थिएन ।

 

राष्ट्रिय वाणिज्य बैंक

 

राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको छ ।

 

सानिमा बैंक

 

सानिमा बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

 

सिद्धार्थ बैंक

 

सिद्धार्थ बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

 

स्ट्यान्डर्ड चार्टर्ड बैंक

 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।