सकारात्मक सोच र भावनाले सार्वजनिक जीवनमा सन्तुलन र सफलता ल्याउँछ
वि.सं.२०८१ फागुन ६ मंगलवार
shares
सकारात्मक भावनाहरूले सार्वजनिक जीवनमा ठूलो प्रभाव पार्दछ। यसले व्यक्तित्वलाई उत्साही, आशावादी, प्रसन्न, विनम्र, अनुशासित र सहृदयी बनाउँछ । यसले सन्तोष, समृद्धि, शान्ति र नैतिकता ल्याउँछ, साथै परिवार, समाज र सङ्गठनमा सहज वातावरण सिर्जना गर्छ। नकारात्मक भावनाहरू जस्तै भय, घृणा र लोभले मानसिक ह्रास ल्याइ सार्वजनिक जीवनमा असन्तुलन ल्याउँछ। सकारात्मक सोचले मानसिक दृष्टिकोणमा परिवर्तन ल्याउँछ र समस्याहरूलाई सकारात्मक रूपमा समाधान गर्न मद्दत गर्छ। यसले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ, र आयु बढाउँछ। सकारात्मक सोचले आत्मविश्वास र लक्ष्यप्रति प्रतिबद्धता बनाउँछ, जसले जीवनमा सफलता ल्याउँछ। यसले सामाजिक र सार्वजनिक जीवनमा प्रेरणा र परिवर्तनको स्रोत बनाउँछ। जसको कारण, व्यक्तिहरूले जीवनलाई खुशी र सकारात्मक नजरले हेरिरहेका छन्।
सकारात्मक सोचले मष्तिस्कमा सकारात्मक ऊर्जा प्रवाह गर्छ। अनि मानिस पूर्ण सक्रियताका साथ असल काम गर्छ, त्यसलाई निरन्तरता दिइरहन्छ अनि सफल हुन्छ । बिजुली बल्बका आविष्कारक थोमस एल्भा एडिसन सकारात्मक सोच र निरन्तर अभ्यासकै कारण सफल भए । जसले नौ सय उनान्सय पटकसम्म असफल हुँदा पनि हरेस खाएनन् र अन्त्यमा सफल भएरै छाडे, किनभने उनीसँग सकारात्मक सोचको दिव्य दृष्टि थियो। उनी हरेक परीक्षणमा केही न केही प्रतिशत सफल भएको थाहा पाइरहन्थे र उत्साहित भइरहन्थे। योग, व्यायाम गर्दा, स्वस्थ गुणस्तरीय खाना खाँदा, पर्याप्त आराम गर्दा वा निद्रा लिँदा, प्रसन्न भाव राख्दा, असल मानिसको सङ्कत गर्दा, राम्रा पुस्तक पढ्दा, प्राकृतिक सुन्दरताले भरिपूर्ण रमाइला स्थानको भ्रमण गर्दा मस्तिष्कमा ऊर्जा भरिइरहन्छ। त्यसैले हामीले यस्ता काम गरिरहनुपर्छ । यस्ता कामले हाम्रो भावनात्मक बुद्धि÷क्षमता बढाउँछ र जुनसुकै परिस्थितिमा पनि विवेकसम्मत तरिकाले काम गर्न सक्षम बनाउँछ।
हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन । सकारात्मक प्रशंसा गर्ने बानी भयो भने हाम्रो सोचाइ सकारात्मक हुन्छ । हाम्रो सकारात्मक सोच दृष्टिकोणले समाजलाई सकारात्मक प्रभाव पार्छ । साथि भाईहरु सँग मिठो कुरा गरि बसेमा मन खुसि हुन्छ । सकारात्मक कुराले शरिरमा तरङ्क पैदा हुन्छ ।साथि भाईहरुको उन्नति प्रगतिमा खुसि हुने मन,सधै सबैको भलो सोच्नुपर्छ । यसको सम्बन्ध हाम्रो मन सँग हुन्छ । तब मानिस खुसि हुन्छ।जव उस्ले माया, प्रेम,स्नेह, इज्जत सबै कुरा बचाएर राख्छ ।सम्मान जनक र ईज्जतदार जिन्दगि जिउनुको मज्जा बेग्लै हुन्छ ।जीवनमा संघर्ष जति बढी हुन्छ, त्यति धेरै सिकाई पनि हुँदो रहेछ
समय बलवान छ,मान्छेहरु समयभन्दा बलवान त हुनै सक्दैनन्। कुनै पनि चिजको समय नआएर केही पनि नहुने रहेछ । समय सँगै जिन्दगिका अनुभवहरु फरक हुन सक्छन। हरेक कुराहरु सकारात्मक रुपमा लिनुपर्छ, यसबाट अझैँ संघर्ष गरि मनबाट सोचेर अघि बढन सिकाउछ । मानिसका आफ्ना कथा व्यथा होलान बिभिन्न सोचहरु मनमा होलान।जिवन सहज रुपले चलाउन मनबाट सोच पैदा होलान। समाजलाई परिवर्तन गर्ने सोचहरु होलान।समाजमा सकारात्मक प्रभाव पार्ने जनचेतनामुलक कार्यहरु गर्नुपर्छ ।मान्छेले आत्तिनु हुँदैन कहिल्यै, जीन्दगी संघर्ष हो, स्वीकार्नै पर्छ, जीन्दगी चुनौती हो सामना गर्नैपछ वर्तमानका महत्वपूर्ण र सान्दर्भिक कुराले मात्रै जीन्दगीमा अर्थ राख्छ । त्यसैले वर्तमान राम्रो बनाउन सकेमा भविष्य त्यसै राम्रो बन्नेछ। जीवनमा सफल हुने क्षमता विकासका लागि सकारात्मक सोच महत्वपूर्ण कारक हो भन्न सकिन्छ । मानिसको मन आत्मा देखि खुसि बनाउने माध्यम तथा मस्तिष्कमा सकारात्मक सोचबाट वास्तविकतामा परिबर्तन गर्न सक्ने शक्ति हुन्छ ।त्यसलाई सबैले स्विकार गर्नुपर्छ ।अधिक आनन्द, खुसी र तुलनात्मक रूपमा राम्रो स्वास्थ्य हुन्छ । यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ। प्रत्येक प्रशासकहरुको आफुले चाहेका कुरा हासिल गर्न आफ्नो मनबाट सोच्छ मनबाट सोचेर काम गरेर सफल हुन्छ ।नकारात्मक सोच भएका व्यक्तिदेखि सिङ्को समाज, राष्ट्र र विश्वलाई यसले प्रभाव पार्दो रहेछ । सकारात्मक सोचले जिवनलाई उज्यालो ,खुसि र सफल बनाउछ ।सकारात्मक सोच राख्नु मानिसको एक कला ह ।अरुको हितको बारेमा कार्य गर्दा मन देखि खुसि भएर गर्नुपर्छ । मनलाई खुसि बनाउन सकारात्मक सोच राख्न आवश्यक हुन्छ । मनलाई सकारात्मक सोच ल्याउन प्रशिक्षण दिने तथा नकारात्मक विचारहरु मन बाट हटाउनु पर्छ । नकरात्मक भावनालाई मनदेखि हटाएर आफ्नो मनमा भएको तनाव कम गर्नुपर्छ ।सोचकै कारण मानिस सकारात्मक हुन्छ । नकरात्मक सोचका कारण व्याक्ति व्याक्तिमा मनमुटाव,साथि भाईमा झै–झगडा,छर छिमेकि सँग झगडा,बिभिन्न किसिमका द्धन्द भएका छन । सामान्य झगडा देखि बिश्वयुद्ध सम्म नकरात्मक सोचका कारण भएका हुन । त्येसैले प्रत्येक मानिसहरुमा सकारात्मक सोच हुन जरुरी छ । सोच नकारात्मक भयो, अनावश्यक शङ्गा गरियो भने त्यसले सिङ्को परिस्थिति बिगार्छ । नामले मात्र कोही पनि महान् हुँदैनन् कामले महान् बन्नुपर्छ ।
राष्ट्र नेतृत्व तहहरुमा सकारात्मक सोच राख्नुपर्छ। जबसम्म सोच परिवर्तन गरिदैन, तबसम्म ब्यवहार अनि जीवन ,जगत परिवर्तन असम्भव नै रहन्छ। देशमा नेतृत्वमा पुगेका ब्याक्तिमा सकारात्मक धारणा हुनुपर्छ । सकारात्मक सोचले राम्रो परिमाण ल्याउछ । घर परिवार,समाज सबै ठाउँहरुमा सकारात्मक सोचको विकास गर्नुहोस यसले जिवन र जगतलाई सुन्दर बनाउँछ । राम्रो सोचाइ राखेमा व्यक्ति, समाज र मुलुक विकास हुन्छ भन्ने बुझाई मानिसहरूमा रहेको छ। जो कोहि सँग असल व्यवहार गर्नुपर्छ । जिम्मेवारि सम्झेर सोच, विचार, योजना र कार्यको सम्बन्धमा आशावादि र सकारात्मकता वादलाई प्रमुख हतियारको रूपमा प्रयोग गर्दछ । सकारात्मक सोच बनाउनका लागि सधै अभ्यास गर्नुपर्छ । जीवनमा सबै कर्म र जिम्मेवारी चाहे अनुरूप नहुन सक्छन् तर त्यसलाई सही देख्ने र स्वीकार गर्न सक्ने क्षमता सकारात्मक सोचले विकास गर्छ । मन मस्तिक बाट सकारात्मक बाटोमा हिडनुपर्छ । हाम्रो समाजमा नकारात्मक कुराहरु, गुनासाहरु, असन्तुष्ठि र निराशाले बनेको नकारात्मक सोचलाइ सकारात्मक सोचमा बदल्नुपर्छ ।
सकारात्मक सोच हाम्रो समाज र हाम्रो जिवनको अभिन्न अंग हो । आफ्नो जिन्दगि र आफुले गरेका सकारात्मक कार्यको मुल्याङकन गरौ । सकारात्मक सोचले जिन्दगि परिवर्तन गर्न सक्छ । सकारात्मक सोच बनाउन बौद्धिक कितावहरु पढाउने र पढ्ने गर्नुपर्छ । ब्यक्तिको सोचाईले उस्को जिवन स्तर निर्धारण गर्दछ । सकारात्मक सोचाईले कर्म आचरणमा सुधार ल्याउनुका साथै ज्ञानी बनाईदिन्छ ,सकारात्मक सोचाईले प्रगति, उन्नति र विकासको नतिजा ल्याउछ । यो जगतमा सकारात्मक सोचको धेरै ठुलो महत्व छ । हामिहरुले आफ्ना समस्याको समाधान सकारात्मक तरिकाले गर्नुपर्छ । हरेक ब्याक्तिको मनोभावना र शैलि सकारात्मक हुनुपर्दछ । जबसम्म हामीले आफ्नो सोच र दृष्टिकोणमा परिवर्तन गर्दैर्नौ । सबैको सोच सकारात्मक हुन आवश्यक छ । कसैको कार्यको नकरात्मक सुन्न चाहादैन आलोचना मात्र राम्रो सन्देश जादैन । माया प्रेमलाई खुलेर व्यक्त गरिने चिज प्रशंसा हो । यो व्यबहार मलाई ठिक छैन भन्नेले अरुलाई नराम्रो व्यबहार गर्नुहुदैन । दिमागमा सकारात्मक सोच भएन भने नकारात्मक सोचले आफ्नो ठाउँ बनाईदिन्छ । असल सँगतले प्रशासकहरुको असल मान्छे बन्न सिक्छ । जिवन परिवर्तनको लागि सहि र सकरात्मक सोच हुन आवश्यक छ । नकरात्मक सोच त्यागेर सकारात्मक सोच कसरि बढाउने भनेर हामिले बिचार गर्नुपर्छ । सकारात्मक बन्न हामिले सधै नेगेटिभ सोचको सधै आलोचना गर्नु पर्दछ । अरूको कुरा नकाट्ने, अरूको कुरा सुन्ने, अरूले मन पराउने कुरा बोल्ने, मुसुक्क हाँसेर बोल्ने, मिठास शब्द प्रयोग गर्ने, अरूको नाम लिएर प्रशंसा गर्ने, अरूलाई मान दिने व्यक्ति धेरैका सामु लोकप्रिय हुन सक्छ । नकारात्मक सोचाईले लुटपात, ठगी, अपराध गर्न सक्छ ।सकारात्मक सोच र बिचारले जन्माएका धारणाहरु मर्दैनन । व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ । संसार भरको जिवको अस्तित्व कायम राख्न पनि हाम्रो सोच राम्रो हुनुपर्छ । यदि सकारात्मक सोच राखेर कार्य गरेन भने त्यो सफल हुन सक्दैन ।
सकरात्मक सोचमा लगानि गरि मन मस्तिकलाई सहि सोच लिएर आचरण व्यवहारमा सुधार, र सहयोगी भावनालाई हामिले अगाल्नुपर्छ ।सकारात्मक सोच नै जिवनको सारथि हो । सकारात्मक सोचले मानिसलाई खोजि गर्ने अवधारणाको विकास गर्छ । हामिले सफल हुनका लागि मिहिनेत गर्नुपर्छ । नैतिक आदर्शवान बन्न बनाउन मानिस भएर जन्मेपछि सकारात्मक सोच हुनुपर्छ । यसले आत्मविश्वास बढ्छ । आफ्नो देशमा केहि गरौ भन्ने सोच राख्नुपर्छ । आशा विश्वास र आत्मबल बढाउन सकारात्मक सोच हुनुपर्छ । सकरात्मक सोच भनेको आम मानिसको मानसिकता र सोचमा जग बसाल्ने माध्यम हो । सकारात्मक सोचको जग बलियो भएमा मात्र ठुलो र सफल बन्न सक्छ । हामिले जिवनमा स्वाभिमानी हुनुपर्छ । हामिले सोच्नु , बिचार गर्नु तथा व्यक्त गर्न सकिन्छ । सकारात्मक सोचले सकरात्मक छबि बनाउछ । सकारात्मक सोच प्रेरणाको श्रोत बन्न सक्छ । हिम्मत नहारि केहि गर्न सकेमा मानिस मानिस बन्छ । हाम्रो सोच हामिले हेर्ने नजरमा भर पर्छ । प्रशासकहरुको जति संघर्ष गर्छ त्यति नेगेटिभ बन्छ । जिवनलाई सकारात्मक ढंगले हर्न आवश्यक छ ।
सकारात्मक लक्ष्य राख्दा प्रतिफल सकारात्मक हुन्छ । हामिले सिकेको ज्ञान , सिप त्यतिबेला सम्म महत्वपुर्ण हुदैन जबसम्म ज्ञानलाई ब्यबहारमा ल्याउन सकिदैन । हामिले सोच बिचार गरेर कार्य गरौ । एउटा जिम्मेवार व्याक्तिको रुपमा आफुलाई चिनाउ । मानवले कहिले पनि हरेश खानु हुदैन । हिम्मत साथ अगाडि बढनुपर्छ । कठिन परिस्थितिलाई पनि सहज सोचेर सजिलै कठिनाईहरु पार गर्न सकिन्छ । मानिस सोच्ने क्षमता भएको प्राणि पनि हो । असल र सफल बन्नको लागि सकारात्मक दृष्टिकोण र निरन्तर अभ्यास गर्नुपर्छ । मानिसको बिचार बाट चरित्र निर्माण हुन्छ । आफ्नो जिबन बनाउनका लागि नकरात्मक भावनाले छुन दिनु हुदैन । जिवनमा सत्य कार्य गर्नुपर्छ । जगतमा सकारात्मक सोच फैलाउन ऋषिमुनिहरुले त्याग तपस्या गरी जगतलाई शिक्षा दिएका थिए । सकारात्मक सोच बाट सत्य तत्वको ज्ञान गरि मुक्तिको मार्ग खोज्नु पर्थ्यो । हामिले जिवनलाई गहिराई बाट हेर्नु पर्छ । बुद्दि ,क्षमता, योग्यताको आधारमा असल कार्य गर्नुपर्छ । सबैलाई आफ्नो कर्तव्य प्रति निष्ठाबान हुने ज्ञान हुनुपर्छ ।मानिसको जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ । सकारात्क सोच नै मानिसको जीवनको उर्जा हो । बन्दूकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ ।हरेक व्यक्तिको यस्ता शक्तियुक्त सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्न सकियो भने जीवन र जगतको स्वरुप नै अकल्पनीय सुन्दर बन्दछ ।
जोसँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर दिन गुजार्छ । नकारात्मक सोच भएका व्यक्तिभन्दा सकारात्मक सोच भएका व्यक्तिहरु कयौँ गुणा छिटो आफ्नो लक्षित गन्तव्यमा पुग्दछन् ।हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र उर्जा सिर्जना गर्दछ । त्यसैले आजकल सकारात्मक सोच सम्बन्धी तालिमहरु सञ्चालन गरिन्छन् । मानिसको स्वाभिमानमा वृद्धि, नेतृत्वको विकास, व्यवसायमा वृद्धि, संगठनको प्रगति सबै सकारात्मक सोचका उपज हुन् ।
जीवनमा सफल हुने क्षमता विकासका लागि सकारात्मक सोच महत्त्वपूर्ण कारक हो भन्न सकिन्छ । मानिसको मन आत्मादेखि खुसि बनाउने माध्यम तथा मस्तिष्कमा सकारात्मक सोचबाट वास्तविकतामा परिवर्तन गर्न सक्ने शक्ति हुन्छ । त्यसलाई सबैले स्वीकार गर्नुपर्छ । अधिक आनन्द, खुसी र तुलनात्मक रूपमा राम्रो स्वास्थ्य हुन्छ । यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ । प्रत्येक प्रशासकहरुको आफुले चाहेका कुरा हासिल गर्न आफ्नो मनबाट सोच्छ मनबाट सोचेर काम गरेर सफल हुन्छ । नकारात्मक सोच भएका व्यक्तिदेखि सिङ्को समाज, राष्ट्र र विश्वलाई यसले प्रभाव पार्दो रहेछ । सकारात्मक सोचले जीवनलाई उज्यालो, खुसि र सफल बनाउँछ । सकारात्मक सोच राख्नु मानिसको एक कला हो । अरुको हितको बारेमा कार्य गर्दा मन देखि खुसि भएर गर्नुपर्छ । मनलाई खुसि बनाउन सकारात्मक सोच राख्न आवश्यक हुन्छ । मनलाई सकारात्मक सोच ल्याउन प्रशिक्षण दिने तथा नकारात्मक विचारहरु मनबाट हटाउनुपर्छ । नकरात्मक भावनालाई मनदेखि हटाएर आफ्नो मनमा भएको तनाव कम गर्नुपर्छ । सोचकै कारण मानिस सकारात्मक हुन्छ । नकरात्मक सोचका कारण व्याक्ति व्याक्तिमा मनमुटाव, साथीभाईमा झै–झगडा, छरछिमेकीसँग झगडा, बिभिन्न किसिमका द्वन्द्व भएका छन् । सामान्य झगडादेखि विश्वयुद्धसम्म नकरात्मक सोचका कारण भएका हुन् । त्येसैले प्रत्येक मानिसहरुमा सकारात्मक सोच हुन जरुरी छ । सोच नकारात्मक भयो, अनावश्यक शङ्का गरियो भने त्यसले सिङ्गो परिस्थिति बिगार्छ । नामले मात्र कोही पनि महान् हुँदैनन् कामले महान् बन्नुपर्छ ।
सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरुको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ । सकारात्मक सोच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्रदै जान्छ ।सकारात्मक सोचको मुहान हामी आफैँ हौँ ।
सकारात्मक दृष्टिकोणले हामीलाई हरेक आवश्यक कुरामा अध्ययन गर्ने र सामाजिक परिस्थितिहरूलाई सुधार्ने साहस प्रदान गर्छ ।सकारात्मक शक्ति एउटा मनोगत आदानप्रदानको रूपमा प्राप्त हुने ऊर्जा वा प्रेरणा हो जो हाम्रो जीवनमा सकारात्मक परिणाम गर्नमा मद्दत पु¥याउँछ । यसले हाम्रो जीवनमा सान्त्वना, ऊर्जा, आत्मविश्वास, उत्साह, र सफलता ल्याउँछ । यो एउटा बलियो शक्ति हो जो हाम्रो मानसिकता र आचरणमा सशक्त तथा सही परिणाम दिन्छ । त्यस्तै हामीलाई आगामी कार्यप्रति प्रेरित गर्दछ । हाम्रो वरिपरिका हरेक व्यक्तिको सकारात्मक सोच, सकारात्मक सङ्कत र प्रेरणादातालाई सम्प्रेषण गर्दा, हामी सकारात्मक शक्तिले गर्दा अझ सबल हुन्छौँ । आफ्नो लक्ष्यहरूमा सफलताका प्रति प्रतिबद्ध बन्छौँ । परिणामतः सफलता हाम्रो हातमा आउँछ ।
सकारात्मक सोचले जीवनमा ठूलो प्रभाव पार्दछ र व्यक्तित्वको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ। नकारात्मक सोचलाई हटाएर सकारात्मक सोचलाई अपनाउनु जीवनलाई सरल र सफल बनाउन मद्दत गर्छ। सकारात्मक सोचले आत्मविश्वास, मानसिक शान्ति र ओजपूर्ण भावना ल्याउँछ, जसले जीवनमा संघर्ष गर्न र समस्याहरूसँग जुझ्न सक्षम बनाउँछ। सकारात्मक सोच अपनाउँदा, जीवनका चुनौतीहरूलाई सजिलै पार गर्न सकिन्छ र सफलता प्राप्त गर्न प्रेरणा मिल्छ।
सकारात्मक सोचका लागि केही प्रक्रियाहरू छन्, जस्तै प्रातः काल सकारात्मक सोचको साथ दिनको शुरुआत गर्नु, कृतज्ञता व्यक्त गर्नु, ध्यान र योग अभ्यास गर्नु आदि। यसले मानसिक स्थिति सुधार गर्न मद्दत गर्छ र शारीरिक स्वास्थ्यलाई पनि बलियो बनाउँछ। नकारात्मक सोचले शारीरिक र मानसिक स्थितिमा नकारात्मक असर पार्न सक्छ, जबकि सकारात्मक सोचले जीवनलाई आनन्दमय र उत्साही बनाउँछ।
सकारात्मक सोचको प्रभावले जीवनलाई सकारात्मक दृष्टिकोणमा हेर्न, समस्याहरूलाई समाधान गर्न र सफलता प्राप्त गर्न प्रोत्साहन दिन्छ। यसले समाजमा सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्दछ र व्यक्तिगत र व्यावसायिक जीवनमा प्रगति गर्न मद्दत गर्दछ।
हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन । सकारात्मक प्रशंसा गर्ने बानी भयो भने हाम्रो सोचाइ सकारात्मक हुन्छ । हाम्रो सकारात्मक सोच दृष्टिकोणले समाजलाई सकारात्मक प्रभाव पार्छ । साथिभाईहरुसँग मिठो कुरा गरि बसेमा मन खुसि हुन्छ । सकारात्मक कुराले शरिरमा तरङ्क पैदा हुन्छ । साथिभाईहरुको उन्नती प्रगतीमा खुसि हुने मन, सधैँ सबैको भलो सोच्नुपर्छ । खुसि कुनै बजारमा बेच्न राखिएको चिज होईन । यसको सम्बन्ध हाम्रो मनसँग हुन्छ । तब मानिस खुसि हुन्छ । जब उसले माया, प्रेम, स्नेह, इज्जत सबै कुरा बचाएर राख्छ । सम्मानजनक र ईज्जतदार जिन्दगी जिउनुको मज्जा बेग्लै हुन्छ । जीवनमा संघर्ष जति बढी हुन्छ, त्यति धेरै सिकाई पनि हुँदो रहेछ । मैले त्यस बखत जिन्दगीमा धेरै कुरा सिक्ने अवसर पाए । जीन्दगीका यी संघर्षका अनुभवले धेरै कुरा सिक्ने मौका मिल्दै जान्छ । धेरै मानिसलाई चिन्ने अवसर पनि मिल्छ । जिन्दगीको एउटा भिन्न अनुभव थियो, त्यो जसले मलाई संघर्ष गर्न सिकायो । समय बलवान छ, मान्छेहरु समयभन्दा बलवान त हुनै सक्दैनन् । कुनै पनि चिजको समय नआएर केही पनि नहुने रहेछ । समयसँगै जिन्दगीका अनुभवहरु फरक हुन सक्छन् । हरेक कुराहरु सकारात्मक रुपमा लिनुपर्छ, यसबाट अझै संघर्ष गरि मनबाट सोचेर अघि बढन सिकाउँछ । मानिसका आफ्ना कथा व्यथा होलान बिभिन्न सोचहरु मनमा होलान् । जीवन सहज रुपले चलाउन मनबाट सोच पैदा होलान् । समाजलाई परिवर्तन गर्ने सोचहरु होलान् । समाजमा सकारात्मक प्रभाव पार्ने जनचेतनामुलक कार्यहरु गर्नुपर्छ । मान्छेले आत्तिनु हुँदैन कहिल्यै, जीन्दगी संघर्ष हो, स्वीकार्नै पर्छ, जीन्दगी चुनौती हो सामना गर्नैपर्छ । वर्तमानका महत्वपूर्ण र सान्दर्भिक कुराले मात्रै जीन्दगीमा अर्थ राख्छ ।
सकारात्मक सोच बनाउनका लागि सधैँ अभ्यास गर्नुपर्छ । जीवनमा सबै कर्म र जिम्मेवारी चाहे अनुरूप नहुन सक्छन् तर त्यसलाई सही देख्ने र स्वीकार गर्न सक्ने क्षमता सकारात्मक सोचले विकास गर्छ । मन मस्तिकबाट सकारात्मक बाटोमा हिड्नुपर्छ । हाम्रो समाजमा नकारात्मक कुराहरु, गुनासाहरु, असन्तुष्टी र निराशाले बनेको नकारात्मक सोचलाई सकारात्मक सोचमा बदल्नुपर्छ ।सकारात्मक सोच हाम्रो समाज र हाम्रो जिवनको अभिन्न अंग हो । आफ्नो जिन्दगी र आफूले गरेका सकारात्मक कार्यको मुल्याङकन गर्नुपर्छ। सकारात्मक सोचले जिन्दगी परिवर्तन गर्न सक्छ । सकारात्मक सोच बनाउन बौद्धिक कितावहरु पढाउने र पढ्ने गर्नुपर्छ । ब्यक्तिको सोचाईले उस्को जीवनस्तर निर्धारण गर्दछ । सकारात्मक सोचाईले कर्म आचरणमा सुधार ल्याउनुका साथै ज्ञानी बनाईदिन्छ, सकारात्मक सोचाईले प्रगती, उन्नती र विकासको नतिजा ल्याउँछ । यो जगतमा सकारात्मक सोचको धेरै ठूलो महत्व छ । हामीहरुले आफ्ना समस्याको समाधान सकारात्मक तरिकाले गर्नुपर्छ । हरेक ब्याक्तिको मनोभावना र शैली सकारात्मक हुनुपर्दछ । जबसम्म हामीले आफ्नो सोच र दृष्टिकोणमा परिवर्तन गर्दैर्नौँ । सबैको सोच सकारात्मक हुन आवश्यक छ ।
सकारात्मक सोचले अनावश्यक तनावबाट मुक्ति पाउछ । सकारात्मक सोच भित्र सत्यता हुन्छ । सकारात्मक सोचका साथ अगाडी बढ्न सके व्यक्तिगत जीवन त सुन्दर हुन्छ ।सकारात्मक सोच नै जीवनको सारथी हो । सकारात्मक सोचले मानिसलाई खोजी गर्ने अवधारणाको विकास गर्छ । हामीले सफल हुनका लागि मिहिनेत गर्नुपर्छ । नैतिक आदर्शवान बन्न बनाउन मानिस भएर जन्मेपछि सकारात्मक सोच हुनुपर्छ । यसले आत्मविश्वास बढ्छ । आफ्नो देशमा केही गरौँ भन्ने सोच राख्नुपर्छ । आशा विश्वास र आत्मबल बढाउन सकरात्मक सोच हुनुपर्छ । सकारात्मक सोच भनेको आम मानिसको मानसिकता र सोचमा जग बसाल्ने माध्यम हो । सकारात्मक सोचको जग बलियो भएमा मात्र ठूलो र सफल बन्न सक्छ । हामीले एक आपसमा सकारात्मक कुराहरु तरिकाले समस्याहरु समाधान गर्नुपर्छ । मानवको मनमा चिन्तन विचार र अठोटको विकास गरि सही सोचकासाथ हामी अगाडि बढ्नुपर्छ । हाम्रा जीवनका हरेक कर्महरु सकारात्मक हुनुपर्छ । पुर्खाहरुको सकारात्मक सोचका कारण आज विश्व सामु शीर ठाडो पारि बाँच्न सफल भएका छौँ ।
नकारात्मक सोचले मानसिक र शारीरिक स्वास्थ्यमा हानिकारक असर पुर्याउँछ, त्यसैले सकारात्मक सोचको विकास गर्न अत्यावश्यक छ। सफलता हासिल गर्न र तनावबाट मुक्त रहनका लागि सकारात्मक सोच बनाउनु पर्छ। सफल व्यक्तिहरूको जीवनकथाबाट प्रेरित भएर, सकारात्मक सोचले जीवनलाई साँचो र प्रेरणादायक बनाउँछ। जीवनका प्रत्येक क्षणमा कृतज्ञता प्रकट गर्नु र अरूसँग प्रेमभाव राख्नु महत्त्वपूर्ण छ । सकारात्मक सोचले समस्याहरूलाई समाधान गर्न सक्षम बनाउँछ र सफलता हासिल गर्न प्रोत्साहन दिन्छ। स्वस्थ र खुशाल व्यक्तिहरू सकारात्मक दृष्टिकोण राखेर आफ्नो लक्ष्यतर्फ अग्रसर हुन्छन्। सकारात्मक सोचको विकास शासकीय कुशलताको पहिलो कदम हो र सफलता प्राप्तिको आधार हो।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।


































