घर र्निमाण फेस्टमा भएको थ्रीडी मोडल प्रतिस्पर्धामा आर्यान क्याम्पसलाई प्रथम उपाधी
वि.सं.२०८१ फागुन २१ बुधवार
shares
काठमाडौं।गत हप्ता फाल्गुन १५ देखि १७ गते सम्म घरको डाक्टर स्किल सेवाको आयोजना भएको घर निर्माण फेस्टमा सम्पन्न भएको थ्रीडी मोडल प्रतिस्पर्धामा सहभागी १५ क्याम्पसलाई पछि पार्दै आर्यान इन्जिनियरिङ क्याम्पस काठमाण्डौँ प्रथम भएको छ भने दितिय ख्वपा क्याम्पस र तृतिय थापाथली क्याम्पस भएको छ ।
प्रतिस्प्रर्धाको नतिजा नितान्त भोटिङ प्रणालीबाट भएको कार्यक्रम संयोजक उपेन्द्र तिमिल्शिनाले बताए । बिशेषत घर निर्माण सम्बन्धी निशुल्क परामर्श, प्रबर्धन र नेपालमै केही गर्न सकिन्छ भन्ने मुल उद्देश्यले जे गर्छौं, नेपालमै गर्छौं नारा लिइ सन्चालन भएको यस कार्यक्रमले निर्माण क्षेत्रका बिध्यार्थीहरुलाई प्राथमिकतामा राखेर ब्यबहारिक र ब्यबसायिक तालिमहरु समेत प्रि इभेन्टको रुपमा दिएको थियो जसमा एक हजार भन्दा बढी बिध्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभ उठाए । यस क्षेत्रमा अध्ययन गर्ने बिध्यार्थीहरुमा बढ्दो बितृस्णामा केही आशा जगाउने र किताबी शिक्षा बाहेक बजारको माग अनुसारको सिप सिकाउनका लागि पनि घर निर्माण फेस्टको आयोजना भएको कम्पनीका सन्चालक शताक्षी मिश्र बताउनुहुन्छ ।
बुध्दनगरमा भएको यस ३ दिने फेस्टमा १० हजार भन्दा बढीले बिध्यार्थीहरुले प्रतिस्पर्धामा सहभागी गराएका मोडलहरुको अबलोकन र मतदान गरे जसको नतिजा स्वरुप बिजयीहरुले नेपाल सरकारका माननिय भौतिक तथा पूर्वाधार मन्त्री देबेन्द्र दहालबाट क्रमशः नगद रु ५०,०००/- , रु ३५,०००/- र रु२५०००/- सहित सम्पूर्ण प्रतिस्पर्धीले सहभागिता प्रमाण पत्र समेत हात पारेका छन् ।
बिध्यार्थी साथीहरुले उल्लेखनिय र सक्रिय सहभागिताको प्रशंसा गर्दै आगामी बर्ष हुने घर निर्माण फेस्टमा देशै भरीका क्याम्पसहरुबाट सहभागी हुन सकिने ब्यकस्था गरिने समेत कार्यक्रम संयोजक बताउनुहुन्छ ।






























