भरतपुरमा मतपत्र च्यात्दा चितवन प्रमुख रहेका थापा होलान् त देशकै प्रहरी प्रमुख ?
वि.सं.२०८१ चैत १ शुक्रवार
shares

काठमाडौं । नेपाल प्रहरीले नयाँ प्रमुख पाउँदैछ । त्यसका लागि दौडमा तीन जना छन् । उनीहरुको लविङ्ग चर्कै छ । बिभिन्न सञ्चारमाध्यममा आफू अनुकुल समाचार लेखाउँदै आगामी आईजिपीमा योग्य दावी गराईरहेका छन् । यो दौडमा तीन एआईजी छन् । आगामी प्रहरी महानिरीक्षका लागि हाल एआईजी दर्जामा रहेका केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख दीपक थापा, प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदिप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ दौडमा छन् । यी मध्ये भक्तपुरकाबासिन्दा दीपक थापाले बिभिन्न समाचारमाध्यममा आफ्नो पल्लाभारी भएको समाचार लेखाईरहेका छन् । अकुत रकमका मालिक रहेका थापा आफूलाई अरुसँग तुलना नै नहुने किसिमले समाचारमा लेखाईरहेका छन् । केही पत्रकारले थापा आईजिपी वनाउन ठेक्का नै पाएका छन् । तर, उनको बिगत भने गतिलो छैन । चितवन जिल्ला प्रहरी प्रमुख हुँदा उनले माओवादीसँग बिशेष साँठगाँठ गरेका थिए । पुष्पकमल दाहालकी छोरी नगरप्रमुख हुँदा मतपत्र च्याप्न सहयोग गरेको उनलाई अरोप छ ।
माओवादी र एमालेबीचमा एक–अर्कालाई मतपत्र च्यातेको आरोप शुरुमा लगाइए पनि अन्तिममा भने माओवादीले मतपत्रको सुरक्षा गर्न खोज्दा च्यातिएको बताएका तत्कालिन प्रहरी प्रमुख थापाले माओवादीको पक्ष लिएका थिए ।
जिल्ला अदालत चितवनले गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्तालाई जनही एक–एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई जनही १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।
महानगरपालिकामा भएको स्थानीय तहको चुनावमा मतगणना हुँदैगर्दा मतपत्र च्यातिएको थियो ।
महानगरपालिकाको वडा–१९ को मत गणना हुँदै गर्दा २०७४ सालको जेठ १५ गते मध्यरातमा मतपत्र च्यातिएको थियो ।
त्यहाँका मुख्य निर्वाचन अधिकृत थिए– चितवनका तत्कालीन जिल्ला न्यायाधीश कविप्रसाद न्यौपाने । न्यौपाने र थापाको मिलेमतो भएको उतीवेला चर्चा थियो ।
निर्वाचन प्रमुखलाई पिसाब फेर्न पठाएर आफू पनि मतगणनास्थल बाट बाहिरिएका थिए थापा । त्यही बेला केही व्यक्तिहरू अनधिकृत रूपले जबर्जस्ती छिरेर मतपत्र च्यातेका थिए ।
त्यहाँ तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापा (हाल एआईजी) खटिएका थिए । मतगणनास्थलमा उम्मेदवारको प्रतिनिधिका रूपमा खटिएका एक प्रत्यक्षदर्शीले बताएअनुसार माओवादी कार्यकर्ताद्वय न्यौपाने र शिवाकोटीले केही मतपत्रमा मात्र क्षति पु¥याएका थिए । तर गणना गर्न तयार पारिएका मतपत्रको खातमाथि टेकेर एसपी थापा स्वयं उफ्रँदा थप मतपत्र पनि नष्ट हुन पुगेको उनले बताएका छन् ।
कांग्रेसको समेत समर्थनमा माओवादीबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवालीको कडा प्रतिष्पर्धा चलिरहेको थियो। मतपत्र च्यातिएपछि दुवैले सञ्चारमाध्यमलाई एकैखालको प्रतिक्रिया दिए– आफूले जित्न लागेपछि आत्तिएर विपक्षीले मतपत्र च्याते ।
भरतपुरको चुनावमा २९ मध्ये २७ वडाको मतगणना हुँदा निरन्तररूपले एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिएको अवस्थामा दाहालपुत्रीले हार्ने अड्कलबाजी हुँदैगर्दा एमाओवादीका एजेन्टले मतपत्र च्यातेका हुन् । साथै उक्त चुनावी ताण्डवमा १९ नम्बर वडाको ९० वटा मतपत्र च्यातिएको निर्वाचन आयोगको प्रतिवेदनबाट देखियो । र, पुन मतदानपछि रेणु बिजयी भएको घोषणा भयो । एमालेले मतगणना सुचारु हुनुपर्ने धारणा राखेको थियो । तर, प्रहरीले एमालेलाई सहयोग हुने गरेर प्रतिवेदन दिएन ।