मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

1.4K
shares
Nabil bank

 

काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल(हान) लाई ध्यानकर्षण पत्र बुझाएका छन् ।

आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत(सिइओ) टेकेन्द्र बहादुर महतलाई ध्यानाकर्षण पत्र बुझउँदै आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्बजनिक गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा माजदुर संघका अध्यक्ष कुमार पन्त, नेपाली काँग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलिले गत वैशाखमा बुझाएको ६ शुत्रीय मागको अहिलेसम्म पनि सम्बोधन नहुनु दुःखद भएको बताए ।

हानका सिइओ टेकेन्द्र बहादुर महतले मजदुर अध्यक्षहरुको ध्यानाकर्षण तथा अभियानात्मक पत्र बुझ्दै आफू मजदुरहरुको विषयमा गम्भिर तथा सकारात्मक भएको बताउँदै, उक्त पत्रलाई हानको कार्यसमितिमा पेस गर्ने जनाए ।

‘मजदुर संगठनहरुले १७ वर्षदेखि खाइपाई आएको सेवाशुल्क अदालतको फैसलाबाट गुमेको, नियमित काममा नियमित श्रमिक राख्नुपर्ने विषयमा निरन्तररुपमा छलफल गर्दै नेपाल सरकार हानलगायतका सरोकारवालाहरुलाई ज्ञापन पत्र तथा माग पत्र राखी सेवाशुल्कको पुनः प्राप्ति र अन्य श्रमिक पक्षीय कानूनी व्यवस्था गर्न आह्वान गर्दछौं ।’ सो पत्रमा उल्लेख छ ।

मजदुरहरुको गुमेको अधिकारहरु र सेवाशुल्क कानूनीरुपमा पुनः प्राप्तिको व्यवस्था नभएसम्म अभियानलाई निरन्तर चलाइरहने मजदुर नेताहरुले जानकारी दिएका हुन् ।

संगठनहरुले चैत ४ गतेदेखि देशैभर मजदुर जागरण अभियान सञ्चालन गर्ने साथै प्रधानमन्त्री, अर्थमन्त्री, श्रम तथा सामाजिक सूरक्षा मन्त्री, पर्यटन मन्त्री तथा सबै दलका संसदिय दलको कार्यालयमा ज्ञापन पत्र बुझाउनेदेखि सरोकारवाला पक्षहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । त्यसैगरी चैत २५ गते टे«डयूनियन महासंघहरुको उपस्थितिमा काठमाडौंमा विशाल मजदुर सभा गर्ने कार्यक्रम सार्बजनिक गरेका छन् ।

त्यसपछि पनि सेवाशुल्क पुनः प्राप्ति हुनेगरी कानूनी व्यवस्था गर्ने सुनिश्चितता हुनेगरी माग सम्बोधन नभए सशक्त आन्दोलनसहित अर्को चरणको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited